१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्थानीय तहको निक्षेपबाट आयातमा लगानी गर्न नपाइने

नेपाल राष्ट्र बैंकले स्थानीय तहको निक्षेप आयातमा लगानी गर्न नपाउने निर्देशन दिएको छ। केन्द्रीय बैंकले सोमबार वाणिज्य बैंकहरूका लागि परिपत्र जारी गर्दै स्थानीय तहको सञ्चित कोषको निक्षेप आयातका लागि लगानी गर्न नपाइने निर्देशन दिएको हो।  

केही साताअघि राष्ट्र बैंकले स्थानीय तहको कोषको ८० प्रतिशत वाणिज्य बैंकहरूलाई निक्षेपका रूपमा परिचालन गर्न पाउने व्यवस्था मिलाएको थियो। राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता व्यवस्थापनमा सहज हुने अनुमान गरिएको छ। तर यही मौकामा केही बैंकले आयातका लागि लगानी गर्न थालेपछि यस्तो निर्देशन दिनुपरेको स्रोतको भनाइ छ। केही समययता निर्यातको तुलनामा आयात निकै बढेको छ।

सन् ८० को दशकसम्म निर्यात हुने चामलसमेत आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ। केही वर्षयता कृषिजन्य उत्पादनका लागि वार्षिक दुई खर्ब रूपैयाँ बढी बाहिरिने गरेको छ।

प्रकाशित: २० पुस २०७८ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App