१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

लोअर इर्खुवा हाइड्रो पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ

लोअर इर्खुवा हाइड्रो पावरको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ। 

कम्पनीको जारी पुँजीमध्ये १० प्रतिशत अर्थात् सात लाख कित्ता साधारण सेयर प्रभावित क्षेत्र भोजपुरका स्थानीयलाई र २० प्रतिशत अर्थात् १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो।

सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा लोअर कम्पनीका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र मुक्तिनाथका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। हाल उक्त कम्पनीको अधिकृत पूँजी.९० करोड, जारी पुँजी.७० करोड र चुक्तापुँजी ४९ करोड रूपैयाँ नाघेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १९ आश्विन २०७८ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App