१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल यातायातमा मुक्तिनाथको क्युआर सेवा

मुक्तिनाथ विकास बैंकले यातायात क्षेत्रमा पनि क्युआरमार्फत भुक्तानी लिने कार्यको सुरु गरेको छ।

काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्युआर कोडमार्फत भुक्तानी लिने सुविधा सुरु गरेको बैंकले जनाएको छ।

उक्त कार्यक्रमको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरेका हुन्। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपाल गुरुङ, बैंकका कर्मचारी, यातायात व्यवसायी लगायतको उपस्थिति थियो।

प्रकाशित: २१ माघ २०७७ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App