१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

युएईमा आममाफी अवधि तीन महिना थपियो

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आममाफी अवधि तीन महिना थपेको छ । कोरोना महामारीका कारण अगस्ट १८ मा सकिएको आममाफी अवधि पुनः थप गरिएको युएई सरकारलाई उद्धृत गर्दै त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।  

यसअघिको तीन महिने आममाफी अवधिमा अपेक्षित रूपमा आप्रवासी समेटिन नसकेपछि म्याद थप गरिएको बताइएको छ ।  

कोरोना महामारीका कारण रोजगारीका अवसर खुम्चिँदै गएपछि युएई सरकारले आप्रवासी कटौती नीतिअन्तर्गत आममाफी घोषणा गरेको हो । आममाफी पाएका अवैध आप्रवासी दण्ड, जरिवाना नतिरी स्वदेश फर्किन पाउँछन् । युएईस्थित नेपाली राजदूतावासका अनुसार १ मार्च २०२० सम्म भिसा अवधि सकिएका आप्रवासी आममाफी कार्यक्रममा सहभागी हुन पाउनेछन् । मार्च १ पछि भिसा सकिएकाको हकमा भने उक्त नियम लागू नहुने युएई सरकारले जनाएको छ । आममाफी पाएकाहरू सिधै राहदानी र हवाई टिकट लिएर घर फर्कन पाउनेछन् । युएई नेपालीका लागि ठूलोमध्येको एक रोजगारी गन्तव्य हो । युएईमा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तीमध्ये २०–२५ हजारको भिसा अवधि सकिएर अवैध बनेको बताइन्छ । युएईमा २४ सयभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । तीस कोरोना संक्रमित नेपालीको निधन भएको छ ।

प्रकाशित: ५ भाद्र २०७७ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App