१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मध्यपुरले ल्याउन सकेन बजेट

आन्तरिक झगडाका कारण भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले गतवर्ष जस्तै यस वर्ष पनि समयमै बजेट ल्याउन सकेन । स्थानीय निकायका रुपमा रहेका देशभरका नगरपालिकाको बजेट ल्याउने बुधबार अन्तिम दिन हो ।  

नगरपालिकाको बुधबार भएको चौथो नगर सभा उदघाटन कार्यक्रमको पनि नगरपालिकाकी उपमेयर अन्जनादेवी मधिकर्मी दुई जना वडाअध्यक्षसहित २१ जना कार्यपालिका सदस्यहरुले बहिष्कार गरे । उपमेयरसहित मध्यपुर थिमि नगरपालिका वडा नं २ का वडा अध्यक्ष राम थापा मगर र वडा नं ३ का वडाअध्यक्ष प्रेम कुटुसहित कार्यपालिका सदस्यहरुले नगर परिषद् वहिष्कार गरेका थिए । नगरपरिषद नै बैधता नभएको संयुक्त विज्ञप्ति प्रकाशित गरी उनीहरुले परिषद् वहिष्कार गरेका थिए ।  

स्थानीय निकायको रुपमा नगरपालिकामा भएको निर्वाचनमा मेयर तत्कालिन एमालेबाट विजयी भएका थिए । उपमेयरसहित धेरै वडा अध्यक्षहरु नेपाली काँंग्रेसबाट विजयी भएका थिए । नगर परिषद्को बैठक वहिष्कार गर्ने उपमेयर र दुवै वडा अध्यक्ष काँंग्रेसबाट विजयी भएका थिए ।  

नगर परिषद् वहिष्कार गर्ने र सहभागी हुने विषयमा नेपाली काँंग्रेसबाट नगरपालिकामा निर्वाचित प्रतिनिधिहरु नै दुई खेमामा विभाजित भए । नेपाली काँंग्रेसबाट विजयी उपमेयरसहित दुई वडा अध्यक्षले परिषद् वहिष्कार गरे भने काँंग्रेसबाटै विजयी धेरै वडाअध्यक्षसहित वडा सदस्यहरु नगरपरिषद्मा सहभागी भए । उता नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष र नगर सदस्यहरु पनि परिषद्मा सहभागी रहे ।

भक्तपुर चार वटा नगरपालिकाहरु छन् । भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका तीन वटै नगरपालिकाहरुले समयमै बजेट ल्याउन सके पनि आन्तरिक विवादका कारण मध्यपुर थिमि नगरपालिकाले बजेट ल्याउन नसकेको हो । यो नगरपालिकाले गतवर्ष पनि आन्तरिक विवादकै कारण समयमै वजेट सार्वजनिक गर्न सकेको थिएन ।

प्रकाशित: १० असार २०७७ १५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App