११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तराई क्षेत्रका विमानस्थल स्तरोन्नतीका लागि विशेष योजना

काठमाडौं- नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ। सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमानस्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो।

विराटनगर, नेपालगञ्ज, चन्द्रगढी विमानस्थलको स्तरोन्नतीका लागि सरकारले योजना अघि सारेको हो। त्यसैगरी धनगढी, भरतपुर, जनकपुर र राजविराजको स्तरोन्नतीका लागि पनि सरकारले काम गर्नेछ। विराटनगर विमानस्थलको स्तरोन्नतीका लागि ४ अरब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जग्गा अधिग्रहणाकलागि समेत सोही बराबरको रकम लाग्ने अनुमान गरिएको छ।

यस्तै नेपालगञ्ज विमानस्थलका लागि ४ अरब र जग्गा अधिग्रहणका लागि ३ अरब खर्च हुनेछ। यसैगरी चन्द्रगढी विमानस्थल स्तरोन्नतीका लागि ३ जग्गा अधिग्रहण गर्न ३ अरब र विमानस्थल निर्माणका लागि २ अरब लाग्ने अनुमान गरिएको छ। धनगढी विमानस्थलको स्तरोन्नतीका लागि २ करोड रुपैयाँ र जग्गा अधिग्रहणमा साढे ४ अरब खर्च हुने अनुमान गरिएको छ।

यसैगरी भरतपुर विमानस्थलको रनवे ओभरलेको काम अन्तिम चरणमा पुगेको छ। १० करोड रुपैयाँको रकम विनियोजन गरिएको छ। यसैगरी जनकपुर विमानस्थलको स्तरोन्नतीको काम पनि अन्तिम चरणमा पुगेको छ। परियोजनामा कुल ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस्तै राजविराज विमानस्थल निर्माणमा ६० करोड र जग्गा अधिग्रहणमा साढे १ अरब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सम्पूर्ण विमानस्थलहरुको स्तरोन्नतीका लागि ५ वर्षको समयावधि तोकिएको छ।  

प्रकाशित: २२ माघ २०७६ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App