१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआईसी बैंकको कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत

एनआइसी एसिया बैंकले सबै प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ। मुलुकको आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा परेको असरलाई विचार गरी बैंकले सो निर्णय गरेको जनाएको छ।

सहुलियतपश्चात् यसभन्दा अगाडि तीन प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा तीन प्रतिशत कायम गरिएको छ। जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा तीन प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ।

बैंकले ल्याएको नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, सेयर कर्जालगायत सम्पूर्ण कर्जाहरूमा लागु हुने व्यवस्था गरिएको बताएको छ।

आर्थिक गतिविधि संकुचन भइरहेको समयमा ग्राहकमा परेको आर्थिक भार कम गर्ने हेतुले बैंकले ल्याएको सहुलियतबाट ब्याजदर कम हुन गई कर्जा भुक्तानीमा सहज हुने विश्वास बैंकले छ।

प्रकाशित: १८ मंसिर २०८० ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App