९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो।

चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु भएसँगै पर्यटकहरु पनि शाहसिक पर्यटनमा आकर्षित भएका हुन्। भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ।

चन्द्रागिरी—२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउछन प्रशिक्षक पाइलट सुनुवार।

प्याराग्लाइडिङ उडानका क्रममा  भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ।

मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ । उनले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने उनले बताए।यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो।  

उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको उनको भनाइ छ।उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ।

समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उनँको भनाइ छ ।एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको उनले बताए।

६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको उनको अनुभव छ । उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकता अनुसार बढाउँदै लैजाने पनि उनले बताए।

शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमा आउनेलाई ८ हजार रुपैयाँ लाग्ने छ।त्यस्तै फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि  हाललाई १२ हजार तोकेको छ । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने उनले बताए।उनँकाअनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ।

यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन्।सर्वसाधारण मदन खड्काले चन्द्रागिरीबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताए।  

त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुगेका  नेपाल प्रहरीकास हायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाए । उनले सरकारले पर्यटन प्रवद्र्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताए।

चित्लाङ र काठमाडौंमा पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ टर्निङ प्वाइन्ट बन्नसक्ने भन्दै सरकारले व्यवसायिक लगानी गरेर भएपनि आवश्यक चासो र हौस्ला प्रदान आम जनमासको भनाइ रहेको छ । 

प्रकाशित: २७ कार्तिक २०८० ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App