१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिर्तामोडका लगानीकर्तालाई धितो पत्र बजार सम्बन्धी सचेतना

झापाको बिर्तामोडका लगानीकर्तालाई  धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। नेपाल धितो पत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसनको आयोजनामा शुक्रवार धितो पत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो।

कार्यक्रममा बिर्तामोडका लगानीकर्ताहरूले धितो पत्र बजार सम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए। विशेष गरी हालै राष्ट्र बैङ्कले निर्णय गरेको व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागतलाई २० करोडको  शेयर धितो कर्जा सीमाबारे लगानीकर्ताले चासो देखाएका थिए।

विगत दुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार राष्ट्र बैङ्कको पछिल्लो निर्णय पछि सुधार हुनेमा लगानीकर्ता आशावादी देखिएका थिए। तर, यही कारणले धितो पत्र बजारमा ठूलो उछाल आउने सम्भावना भने नदेखिएको लगानीकर्ता भवानी चुडालले बताए। पछिल्लो  १५–२० करोडको क्याप देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा हटाउन सुझाव दिए।

अर्का लगानीकर्ता अनिल खड्काले शेयर बजारमा लगाइएको क्याप राष्ट्र बैङ्कले खुकुलो पार्दै जानु सकारात्मक भएको बताए। उनले  शेयर बजारमा लगाइएको क्याप पूर्ण रुपमा हटाएर लगानीको वातावरण बनाउनु आवश्यक रहेको  धारणा राखे। कार्यक्रममा लगानीकर्ताहरूले शेयर बजारमा एन्आर एन्को लगानी र नयाँ स्टक एक्सचेन्जका विषयमा पनि जिज्ञासा राखेका थिए।

सुमेरु सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, नेपाल इन्भेष्टमेन्ट सेक्युरिटिज लगायतका ब्रोकर कम्पनीहरूले व्यवस्थापन गरेको कार्यक्रमको सहजीकरण  विपिन सापकोटाले गरेका थिए। 

प्रकाशित: २० आश्विन २०८० ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App