१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टसँग सम्झौता गरेको छ। बैंकले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको हो।

सम्झौतापश्चात् बैंकको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहकले पर्साको मंगलम् डाइगोनस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको होटल क्विक-ट्वेन्टी एण्ड रिभर साइडका सेवाहरूमा अधिकतम १० प्रतिशत, मकवानपुको रिगल हेटौडा रिर्सोटका सेवाहरूमा अधिकतम १५ प्रतिशत, कैलालीको निसार्ग अस्पतालका सेवाहरूमा अधिकतम २० प्रतिशत, मकवानपुरको विशुद्ध मोमचाका सेवाहरूमा १० प्रतिशत, र चितवनको काबिलास रिर्सोट एण्ड फनपार्कका सेवाहरूमा १० प्रतिशतको छुट प्राप्त गर्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ।

प्रकाशित: २९ श्रावण २०८० ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App