१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल र युरोपेली संघबीच दुई छुट्टाछुट्टै वित्तीय सम्झौतामा हस्ताक्षर

आज अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’विषयमा सम्झौता भएको हो।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयुका राजदूत नोना डेप्रेजले हस्ताक्षर गरेका छन। ‘गुणस्तरीय शिक्षा सबैका लागि शिक्षा’ विद्यालय शिक्षा क्षेत्र योजनाका लागि युरो ५० मिलियन अर्थात ७.३८ मिलियन बराबरको अनुदान सम्झौता भएको छ भने जलवायु परिवर्तनको लागि स्थानीय अनुकूलन’ पहलका लागि युरो २२ मिलियन अर्थात ३.२५ मिलियन बराबरको अनुदान सम्झौता भएको हो।

उक्त सम्झौता अनुसार सबैका लागि गुणस्तरीय शिक्षा’ ले सरकारको विद्यालय शिक्षा कार्यान्वयनमा सहयोग पु¥याउने अर्थ सचिव अर्जुन पोखरेलले बताए। उनले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भुमिका खेल्न महत्त्वपूर्ण योगदानको आशा रहेको बताए। उनले सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा युरोपेली संघलाई धन्यवाद दिए। उनले युरोपियनले नेपालको दिगो सुदृढीकरणका लागि जलवायु परिवर्तनको अनुकूलनमा सहयोग गर्न आवश्यक रहेको जानकारी दिए। उनले शिक्षाको गुणस्तर, जुन मानव पुँजी विकासको लागि  महत्त्वपूर्ण रहेको बताए।  उनले युरोपियन युनियनले हाम्रो २० वर्षको समर्थन जारी राख्न पाउँदा गर्व लागेको बताए। 

युरोपेली संघ र फिनल्याण्ड, टोली युरोपको रूपमा, स्थानीय र प्रान्तीय सरकारहरूसँग काम गर्न जारी राख्ने संघले जनाएको छ। नेपालले विकास र जलवायु कार्यलाई सन्तुलनमा राख्ने इमान्दार प्रयास गरिरहेको भन्दै संघले नेपालको प्रशंसा गरेको छ। प्रकोप जोखिम न्यूनीकरणका लागि उपायहरू योजना र विकास गर्न र ध्यान केन्द्रित गर्न स्थानीय तहलाई सक्षम बनाउन मानवीय तथा वित्तीय क्षमता अभिवृद्धि गर्ने खर्च हुनेछ।

प्रकाशित: ५ श्रावण २०८० १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App