१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

काठमाडौँको ढुंगेअड्डामा नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा

लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्न बाध्य लेयर्स कुखुरा पालन व्यवसायलाई बचाउन भन्दै व्यवसायीहरूले नेपाल एग ट्रेडिङ प्रा.लि. सञ्चालनमा ल्याएका छन्। 

व्यवसायीहरूले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. १५ ढुंगेअड्डामा प्रा.लि. सञ्चालनमा ल्याएका हुन्। बिहीवारबाट सञ्चालनमा आएको प्रा.लि.ले नेपालमा उत्पादित अण्डाको बजार प्रवर्द्धनसँगै उपभोक्ता र उत्पादनको हितमा काम गर्ने प्रतिवद्धता जनाएको छ। कार्यक्रममा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुरा पालनतर्फ राज्यले ध्यान दिन जरुरी रहेको बताए। उनले पहिला कुखुरा पाल्न सहज भए पनि पछिल्लो समयमा भने विभिन्न कारण समस्या भइरहेको बताए। उनले कुखुरा पालन खोक्रो भइसकेकाले उकास्न आवश्यक रहेको बताए। उनले पोल्ट्री व्यवसायमा खेल्ने काम भन्दा पनि उत्पादन बढाउने र बजार सरलीकृत गर्ने काममा लाग्न जोड दिए।  

अध्यक्ष विष्टले पोल्ट्री क्षेत्रमा विगतमा नाकाबन्दी, भूकम्प र त्यसपछिको कोभिड–१९ले धराशायी बनाएको बताउँदै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताए।व्यवसायीले मात्रै अहिलेको समस्या समाधान गर्न नसक्नेमा उनको जोड थियो।   

प्रकाशित: १४ वैशाख २०८० ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App