११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लुटिएका सामान फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको नयाँ बसपार्कबाट लुटिएका व्यवसायीका सामान अविलम्व फिर्ता गराउन माग गरेको छ।

महासंघले बिहीवार विज्ञप्ति प्रकाशित गरी व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवं लुटपाटका घटनाको निन्दा गर्दै सामान फिर्ता गर्न आग्रह गरेको छ।

घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गरेको छ। जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु शोभनीय नभएको जनाएको छ।

विरोध गर्ने नाममा कानून हातमा लिई गरिने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यले ध्यान दिन र दोषीलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०७९ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App