१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

जापानबासी भट्टराईले संगीत दिएको प्रेम रंगको भिडियो सार्वजनिक

टोकियो —संगीतकार दिपक भट्टराईको संगीत अनि होमनाथ न्यौपानेको शब्द रचनामा गायक सन्जिब पराजुली र बानीका प्रधानको गीत ‘प्रेम रंग’को भिडियो हालै सार्वजनिक भएको छ। गायक सन्जिबको एल्बम ‘सुनय’ मा समावेश गीतलाई 'सेमी–क्लासिकल' शैलीमा तयार पारिएको छ। 

गीतको भिडियोमा राजु कान र अलिशा राईको अभिनय हेर्न सकिन्छ। भिडियोको निर्देशन सशान कँडेलले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन्। म्युजिक भिडियोको शुरुदेखि अन्तसम्म प्रेमालापमा चुर्लुम्म डुबेका राजु र अलिशाको यो जोडीलाई यस गीतको शब्द र संगीत परिपुरक जस्तै बनेको देखिन्छ। 

जापानबासी संगीतकार दिपक भट्टराई प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिरहेका छन्। उनको संगीतमा थुप्रै नेपाली गीतहरु रेकर्ड भइसकेका छन्। यस अघि गायक सन्जिब पराजुलीसँगको सहकार्य मा 'झिलमिल झिलमिल' बोलको गीत ले निकै चर्चा कमाउन सफल भएको थियो।

प्रकाशित: २ श्रावण २०७४ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App