७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

‘साकुराको देशबाट’ आइन् कवि मञ्जु गिरी

नेपाली कविता फाँटमा कवि मञ्जु गिरी ‘साकुराको देशबाट’ कवितासंग्रह लिएर आएकी छन्। उनको सो कृति प्रकाशक कृष्णराज-देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक भएको हो।

वरिष्ठ नाट्यकर्मी तथा कार्यक्रमका प्रमुख अतिथि अशेष मल्ल, विशेष अतिथिहरूः नेपाल प्रज्ञाप्रतिष्ठानका आख्यान विभाग प्रमुख माया ठकुरी, नियात्राकार युवराज नयाँघरे, शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली र ऋषदेव घिमिरेले सार्वजनिक गरेका हुन्।

नियात्राकार नयाँघरले घर-आँगन भुईकै ससाना कुरा लेख्दा नै कविता जीवन्त हुने र कवितामा वास्तविक जीवन आउने बताए। उनले भने,‘डायोस्परा लेखकले समय चोरेर लेख्नुपर्छ। समय चोरेर लेखेका उनका कविता कलात्मक, सुन्दर र सूक्तिमय छन्।’

ऋषवदेव घिमिरेले कवितामा विविध विषय समेटिएको बताए। कवितामा नारी चेतना, प्रकृति चित्रण, वात्सल्य प्रेम, राजनीति कटाक्ष जस्ता विविध विषय समेटिएको छ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कविताले सामाजिक रूपान्तरण सन्देश दिएको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका आख्यान विभाग प्रमुख माया ठकुरीले महिलालाई लेख्न सहज नभएको बताइन्। चुलाबाट सुरु भएको महिलाको दिनचर्या चुलामै टुंगिन्छ। झन् परदेशमा बसेर लेख्न त्यत्ति सहज हुँदैन। यति हुँदाहुँदै पनि उनले गहिराइमा पुगेर मार्मिक कविता लेखेकी छन्।

प्रमख अतिथि अशेष मल्लले सबै कविता मन छुने भएको बताए। उनले भने, ‘पढाउँदा र लेख्दाको सिर्जनामा फरक हुन्छ। कविताको परिभाषा नै हुँदैन। मन छोयो भने कविता हो नत्र त्यो कविताको नाउँमा भावना मात्रै हो। कवितामा मीठो अनुभूति आएको हुनुपर्छ।’

जापानलाई कर्म क्षेत्र बनाउँदै आएकी कवि गिरीका उक्त संग्रहमा पचपन्न कविता सङ्गृहीत छन्। यसअघि पनि सपना हराएको देश उनको कवितासंग्रह छापिएको थियो।

सिर्जना शर्माले चलाएको कार्यक्रममा आलोक चालिसे, केवी पारखी, गंगा खड्का, जयन्ती पोखरेल, शान्ता पोखरेल, मञ्जिला अनिल,ममता मृदुल,राजुबाबु श्रेष्ठ, श्रीराम राई जस्ता साहित्यकार तथा शुभेच्छुकहरूको उपस्थिति थियो।  

प्रकाशित: ५ कार्तिक २०७९ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App