१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अनुराग कश्यप पुगे प्रहरी स्टेसन, यौन उत्पिडन आरोपबारे सोधपुछ हुने

बलिउड निर्देशक अनुराग कश्यपलाई अभिनेत्री पायल घोषले यौन उत्पिडनको आरोप लगाएपछि प्रहरीकोमा पुगेका छन्। वुधबार उनलाई प्रहरीले थानामा सोधपुछको लागि पत्र पठाएको थियो। अनुराग आज वर्सोवा प्रहरी स्टेसन गएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

पायलले अनुरागका विरुद्ध एफआइआर दर्ता गराएकी थिइन्। उनलाई पक्राउ नगरे भोक हड्ताल गर्न पायलले बताएकी थिइन्।

पायलको पक्षमा केन्द्रीय मन्त्री रामदास अठावले आवाज उठाएका छन्। मुम्वई प्रहरीले अनुरागलाई पक्राउ नगरे आफु धर्नामा बस्ने बताएका छन्।

 

 

 

 

प्रकाशित: १५ आश्विन २०७७ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App