९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

अदृश्य शक्ति

कथा

दिला शाह

रातभर एउटै कोल्टे परेर लडिरहेकी थिएँ । शरीरभरि असह्य पीडा थियो । छाती एकनास दुखिरहेको थियो । टाउकोको दुखाइको त झनै के कुरा गर्नु र ? मानौं कसैले ठूलो घनले ठोकिरहेको छ र दुईटा फक्ल्याँटो पार्न खोजिरहेको छ, जुन चोटको पीडा सहन गर्ने क्षमता मसँग छैन र अब म मर्दैछु ! मलाई यस्तै लागिरहेको थियो । यस्तो दर्दनाक पीडा सहनुभन्दा त बरु मरेकै बेस ! जस्तो लागेर हृदयदेखि नै त्यो डरलाग्दो स्वरूपको काललाई पुकार गरें, ‘हे काल ! आऊ र मलाई सहजै लिएर जाऊ, यसरी पीडा नदेऊ !’  

त्यो काल पनि त्यति ज्ञानी कहाँ थियो र मैले भनेकै बेलामा आउँथ्यो ? अहँ आउँदै आएन ! म नचाहेर पनि मृत्युसँग लड्न बाध्य भएँ ! हातखुट्टाका मासंपेसी चुँडिएलाझैं तन्किन्थे । नसाहरू सनसनी भएर फुट्लान्झैं गरेर टन्टनाउँथे । आँखा धमिलाधमिला हुँदै थिए ! छातीमा ठूलो ढुंगाले च्यापेजस्तो गरुङ्गो भएको थियो !

त्यो रात हजारौं पटक छोरा र बुहारीलाई सम्झें हुँला ! अनि करोडौं पटक त्यही छोराको बालाई सम्झिएँ ! छोराको बा त सम्झना मात्र थिए, विपनामा आफूसँगै भएकाहरूलाई पनि पाउन सकिन !

उसो त बेलाबेला मलाई अलिअलि रोगले सताइरहन्थ्यो । छोराबुहारीलाई कति दुःख दिनु जस्तो सोचेर केही भनिन । साँझ खाना कोठामै ल्याइदिएर बुहारी मालती आएकी थिइन् । म बिस्तरामै पल्टिरहेकी थिएँ । टाउकोमा हात राखेर यसो छामेकी पनि हुन् । ‘कस्तो छ आमा’ भनेकी पनि हुन् । त्यतिबेलासम्म त ठीकैठीकै थिएँ । अनि ‘ठीकै छ बुहारी तिमी जाऊ, म खाना पछि खान्छु’ भनेकी थिएँ ।  

बुहारी माथि तलामा गएपछि तल आइनन् । उनलाई पनि के थाहा म बूढीको कष्ट ? एक्कासि बिरामी पर्लिन् भन्ने सोचिनन् होला । छोरो अफिसबाट आएर एकपटक त तल पसेर मलाई भेटेर मात्र माथि जान्थ्यो तर खै के भयो ? त्यो दिन ऊ आउँदै आएन । केही दिनदेखि म राम्रै थिएँ, त्यसैले पनि होला !  

अफिसमा असारे कामको चाप छ भन्थ्यो । कम्प्युटरमा काम गर्दागर्दै निदाउँछ, निदायो होला । ट्वाइलेट जान सजिलो हुन्छ भनेर तलकै कोठामा सुत्ने गरेकी थिएँ । रातबिरात पिसाब फेर्न गइरहनुपर्ने भएकाले म आफै तल बसेकी हुँ । बुहारीले त भन्थिन्, ‘आमा, माथि नै सुत्नुस् । कोपरामा पिसाब गरे हुन्छ । म फालुँला।’  

त्यसो गर्न पनि मन लागेन । आफ्ना हात गोडा चल्दाचल्दै के कोपरामा पिसाब गरेर पाप बोक्नु जस्तो लाग्यो ।

त्यो रात हजारौं पटक छोरा र बुहारीलाई सम्झें हुँला ! अनि करोडौं पटक त्यही छोराको बालाई सम्झिएँ ! छोराको बा त सम्झना मात्र थिए, विपनामा आफूसँगै भएकाहरूलाई पनि पाउन सकिन ! बोली पटक्कै फुटेन, बोल्न खोज्छु सक्दै सकिन । चल्न खोज्छु सक्दै सकिन ! बुहारीले ओछ्यान छेउको सानो टेबलमा राखिदिएको दालभात उठाएर खानलाई मसँग ताकत भएन ! धेरै समयसम्म शरीर झम्झमाएको जस्तो भइरहेको थाहा छ । पछि पूरै शरीर लाटो भयो । आँखा धमिला भए पनि खुलै थिए ! कान मधुरा भए पनि सुनेकै थिएँ !  

कोल्टे परेकै भित्तामा गोलो घडी झुन्डिएको थियो । धमिला आँखाले घडीको सुई घुमेको हेरिरहें । कतिबेला बिहान होला र बुहारी तल झर्लिन्झंै भयो । निकैबेर छटपटी भइरह्यो । बाहिर बरन्डामा बस्ने खैरे कुकुर पनि किन हो त्यो दिन चूपचाप बस्यो । भुक्दै भुकेन । अरू दिन त्यसैत्यसै हल्ला गरेर उफ्रिन्थ्यो । बुहारी राति उठेर बार्दलीबाट कराउँथिन् । मकैबारीतिर स्याल धपाउन ढुंगा फाल्थिन् र तल झरेर खैरेलाई आइज यता बस् भन्थिन् ।  

त्यही बेला भित्र पस्थिन् र मलाई हेरेर जान्थिन् । सुम्सुम्याएर बस्थिन् । कति दिन त सँगै सुत्छु भन्थिन् । म आँफै भन्थे, ‘जाऊ बुहारी, छोरो माथि एक्लै छ । हाँस्नेखेल्ने उमेर छ, जाऊ । म बूढीको चिन्ता नगर । केही परे बोलाऊँला ।’  

शहरको पढाइ सकेर आएको छोरा गाउँमा खुलेको बैंकको मेनेजर भएको थियो । ऊ सधैं व्यस्त हुन्थ्यो । पढेलेखेकी राम्रो संस्कारकी छोरी थिइन् मालती । छोराको रोजाइ मेरा लागि पनि अत्यन्तै प्यारी !

अब यो छोराबुहारीका लागि म भार हुने भएँ ! सोचेर आँखा भरिएर आए ! शरीर निर्जीव जस्तो भएर मरे पनि चेतना मरेको थिएन ! आँखाबाट अबिरल आँसु बगिरहेका थिए ।

जीवन साथीलाई मबाट २६ वर्षको लर्के जवानीमा नै दैवले खोसेर लगेका थिए । छोरा जन्मिएपछि न्वारान गर्नका लागि सामान लिन कोइलाबास गएका उनी उतै तराईको औलले ग्रस्त भएर मरेछन् । म बाह्र दिनकी सुत्केरी विधवा भएकी थिएँ ! छोरा विनाबाउको टुहुरो ! दैवले हानेका बज्रपातहरूलाई सहँदै म उसैलाई हेरेर बाँचेकी थिएँ । जीवनका जम्मै रिक्तता र अभावहरूलाई उसैको खुसीका लागि समर्पित गरेकी थिएँ ।

हो त्यो दिन गोठमा भर्खरै ब्याएको कोरली गाई र उसको सानो बाच्छो पनि कराएन ! बुइँगलको झ्यालबाट लुसुक्क छिरेर म्याउँम्याउँ गर्दै  कोरली गाईको दूध चोर्न आउने ढाडे बिरालो पनि कहाँ गयो होला ? लाम्काने बाख्रीको सानो छोरा आमासँगै टाँसिएर बस्यो होला । सके एकपटक पनि म्याँ गरेन ! चरा, मुसा, गौंथली, परेवा र भाले सबैले अन्याय गरे म बूढीलाई ! समयको गति वर्षौ लामोजस्तो लाग्यो ! कोही चलमलाएन्, कोही कोही बासेनन्, कोही भुकेनन् अनि कोही बोलेनन् पनि ! प्रतीक्षा गर्दागर्दै कतिखेर हो म पूरै बेहोस भएछु !

मेरो होस आउँदा म अस्पतालको बेडमा थिएँ ! मेरो खुट्टाको नजिकै घोप्टो परेर बुहारी रोइरहेकी थिइन् । छोरो सिरानीमा बसेर मेरो दायाँ हात मुसार्दै थियो । घरीघरी लोग्नेस्वास्नी एक अर्कोलाई अमूक प्राणीजस्तै हेराहेर गर्थे । होस फर्किएपछि आँखा खुले तर चलमलाउन सकिनँ ! ओठहरूले बोल्न खोजे सक्दै सकिनँ ! छोरालाई बाबू भनेर बोलाउने मन थियो तर सकिनँ ! बुहारीलाई मालती भन्छु भनेर तल हेरें तर सक्दै सकिनँ ! शरीरको कुनै पनि अंगमा प्राण छैन जस्तो गरेर मरिसकेको थियो । मात्र दाहिने हातका औंला हल्का सल्बलाएछन् ।  

छोरा जंगिएको देखेर अस्पतालका बिरामीहरू आपसमा कानेखुसी गर्नथाले । यतिबेला डाक्टरलाई कति असह्य भयो होला ! तैपनि चूपचाप उसले अर्को ओखती हालेर इन्जेक्सन लगायो ।

छोरोले ‘आमालाई होस आयो’ भनेर बोल्यो । बुहारी पनि झटपट उठिन् र टाउको नजिकै आइन् । आमाआमा भनेर बोलाउन थालिन् । हजुर बा मेरी प्यारी मालती भनेर बोलाउने मन थियो तर बोल्न सकिन ! नजरहरू मात्र यताउता घुमिरहेका थिए । छोराले डाक्टरलाई बोलायो । डाक्टर आएर हात छाम्दै छातीमा आलम लगाएर जाँच्न थाले । मुख, जिब्रो, आँखा सबै हेरेर शरीर यताउता घुमाए, छोए र धाप मारे तर म आफूलाई मूढाजस्तैे महसुस गर्दै थिएँ ।

छोरा आत्तिएर डाक्टरसँग रिसाएर कराउन थाल्यो, ‘डाक्टर मैले भनेकै थिएँ मेरी आमालाई उपचार गर्न सक्नुहुन्न भने म अर्को अस्पतालमा लैजान्छु तर तपाईंले म सक्छु भन्नुभयो । मेरी आमालाई जसरी पनि सन्चो हुनुपर्छ ! मेरी आमा बोल्नुपर्छ ! नत्र म तपाईंलाई छोड्दिनँ !’  

म डाक्टरको मनोदशालाई हेरेर सोच्छु, जब बिरामीलाई डाक्टरले केही गर्न सक्दैन, उसको शक्तिले औषधि गर्न भ्याउँदैन । त्यसबेला डाक्टरको आत्मविश्वास हराउँछ होला ! त्यतिबेला डाक्टरलाई कति नराम्रो लाग्छ होला ! उसलाई आफूले पढेलेखेको जम्मै बिर्से जस्तो, आफूले केही नजाने जस्तो अनि रोगीले आफूमाथि भरोसा र विश्वास नगरे जस्तो लाग्छ होला ! म डाक्टरको अनुहारमा त्यस्तै भाव देखिरहेकी थिएँ ।

छोरा जंगिएको देखेर अस्पतालका बिरामीहरू आपसमा कानेखुसी गर्नथाले । यतिबेला डाक्टरलाई कति असह्य भयो होला ! तैपनि चूपचाप उसले अर्को ओखती हालेर इन्जेक्सन लगायो । फेरि आत्तिए जसरी उसले सिकारू जस्तो यो रोगको केही न केही ओखती हुनुपर्छ भनेर परीक्षण गरिरहेको जस्तो, घरी यो ओखती, घरी त्यो ओखती हेर्छ । पहिलेको ओखतीले काम गर्न थालेको हुन्थ्यो होला । फेरि अर्को ओखती हालेर इन्जेक्सन लगाउँछ । फेरि नर्सको हातको फाइल पल्टाउँछ र भन्छ, ‘यही ओखती ठीक छ । सक्दो गरेकै छु ।’  

मेरो मृत शरीरमा जतासुकै खोपे पनि मलाई दुख्थेन ! दुखे पनि ऐया भनेर बोल्ने मसँग आवाज थिएन ! सिकारु डाक्टरले प्रयोग गर्ने ठाउँ जस्तो मेरो शरीर प्रयोगशाला बन्यो । म मूकदर्शक भएर हेरिरहें !

अन्तमा चौबीस घन्टापछि अस्पताल पु¥याएकाले आमाको शरीरमा पूरै प्यारालाइसिसको जीवाणुले आक्रमण गरिसकेको थियो । रक्तनलीहरूले काम गर्न छाडिसकेको कुराको रिपोर्ट दिएर डाक्टरले बिदा दियो ।

छोरा आक्रोशित भएर डाक्टरलाई झम्टन खोज्दै थियो । छोराका साथीहरूले उसलाई सम्हालेर राखे । अब मेरो केही लागेन ! यस्तो भएर बाँच्नु भन्दा मर्नु पथ्र्यो, अब यो छोराबुहारीका लागि म भार हुने भएँ ! सोचेर आँखा भरिएर आए ! शरीर निर्जीव जस्तो भएर मरे पनि चेतना मरेको थिएन ! आँखाबाट अबिरल आँसु बगिरहेका थिए । ती आँसु लुकाउने सामथ्र्य मसँग थिएन ! नत पुछ्नलाई हात नै सक्रिय थिए ! ह्विलचियरमा ठाडो परेको शरीर राखेर पालैपालो घिसार्दै छोरा बुहारीले घर पु¥याए ।  

सर्प नजिकनजिक आउँदै थियो । अचानक ममा कस्तो शक्ति आयो ? कसरी आयो ? कहाँबाट आयो ? बसिरहेको ह्विलचियरबाट जुरुक्क उठें । मेरा पाउहरू सक्रिय भइसकेका थिए । मुखबाट अनायास बाबू भन्ने शब्द निस्केको थियो । म खडा भएँ, उठें र दौडिएँ !  

त्यसपछिका दिन झनै कष्टकर बन्दै गए । हरेक दिन व्हिलचियरमा राख, खाना पानी फेरि सुताऊ, उठाऊ, दिसापिसाब छ्या ! आफ्नै जिन्दगी बोझ सम्झिएर टोलाइरहन्थें ! बुहारी र छोरोले कत्ति पनि अल्छी नमानेर सेवा गरिरहेको देख्दा श्रद्धाले त्यसैत्यसै आँखा रसाएर आउँथ्यो । भगवानसँग मनमनै पुकार गरिरहन्थे, ‘हे ईश्वर कि यो प्राण लेऊ, कि त नयाँ जीवन देऊ ! नत्र यो कष्ट नदेऊ !’  

एक दिन बिहानै घरको बरन्डाभन्दा अलि तल ह्विलचियरमा मलाई राखेर बुहारी भित्र भान्सामा पसिन् । हरियाली मनमोहक थियो । तलतिर ठूलो जंगल थियो । म त्यही प्रकृतिलाई हेरेर टोलाउँदै थिएँ । हेर्दाहेर्दै आँखा अगाडिबाट भयङ्कर ठूलो सर्प फणा फिँजाएर मतिर आइरहेको देखें । उसले मलाई नै हेरिरहेको थियो । मुखभरि सय मन बिख लिएर त्यो सर्प डस्न तम्सिएर आउँदै थियो । म हतास भएँ ! अब के गरूँ ? कहाँ जाऊ ? कसरी जाऊ ? कसरी भागूँ ? कसरी बाँचूँ ? कसलाई बोलाऊँ ? कसरी बोलाऊँ....।  

सर्प नजिकनजिक आउँदै थियो । अचानक ममा कस्तो शक्ति आयो ? कसरी आयो ? कहाँबाट आयो ? बसिरहेको ह्विलचियरबाट जुरुक्क उठें । मेरा पाउहरू सक्रिय भइसकेका थिए । मुखबाट अनायास बाबू भन्ने शब्द निस्केको थियो । म खडा भएँ, उठें र दौडिएँ !  

छोरो र बुहारी दौडिएर बाहिर निक्लिएर घरको बरन्डाबाट मलाई हेरिरहेका थिए । यताउता घरका मान्छे पनि मलाई नै हेरिरहेका थिए । म पछाडि फर्केर हेर्छु, अजिंगर जस्तो ठूलो साँपले पिछा गरेकै थियो । कस्तो अदृश्य शक्ति लिएर म दौड्दै थिएँ ? थाहा छैन । तर म दौडिरहेकी थिएँ रनिङ सिल्ड जित्न मैदानमा उत्रिएको दमदार खेलाडीजस्तो.....!

प्रकाशित: ६ असार २०७७ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App