अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई
अन्नपूर्ण म्याराथनको उपाधि नेपाल पुलिस क्लब(जुम्ला)का धिरबहादुर बुढाले जितेका छन्। उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यसैगरी नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो भए।