४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्नपूर्ण दिवसमा अन्नपूर्ण म्याराथन

अन्नपूर्ण म्याराथन सुरु हुने स्थान अन्नपूर्ण आधारशिविर क्षेत्र । तस्बिर फाईल नागरिक

गतवर्ष कोरोनाले लकडाउन थियो । लकडाउनकै कारण दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन आयोजना हुन सकेन । अन्नपूर्ण दिवसको अवसरमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन आयोजनाको तयारी गरिएको छ ।  

अन्नपूर्ण म्याराथन २०७५ सालदेखि शुरु गरिएको थियो । गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । कोरोनाले थलिएको पर्यटनलाई उर्जा थप्न म्याराथनले सहयोग पुग्ने विश्वास लिदैं अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित म्याराथनको तयारीमा जुटेको हो । अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ठ गन्तव्य हो । त्यसलाई लक्षित गर्दै म्याराथनको तयारी गरिएको समितिले जनाएको छ ।

कोरोना फेरी बढ्दो क्रममा छ । स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी अन्नपूर्ण म्याराथन सहित अन्नपूर्ण पर्यटन महोत्सव समेतलाई निरन्तरता दिन लागिएको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । आगामी जेठ १८ देखि २० गतेसम्म तीनदिन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुनेछ । अन्नपूर्ण म्याराथन भने जुन तेस्रो तारिख अर्थात् जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ भई घान्द्रुकमा आई टुगिंनेछ ।  

अहिले उनका अनुसार सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका गरेपछि अन्नपूर्ण हिमालको चर्चा शुरु भएको थियो । म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए भने दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले जितेका थिए ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत ३ वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको बताउँदै अध्यक्ष गुरुङले अहिलेको प्रतिकूल परिस्थितिका कारण गतबर्ष कार्यक्रम स्थगन भएको जनाएको छ । २०७८ जेठ २० गते पूर्वनिर्धारित समयानुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिको भनाई थियो ।  

विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाबाट विनियोजन हुँदै आएको रकम यस वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग समितिले अनुरोध पनि गरेको छ । विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणका लागि जारी बन्दाबन्दीले यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न पर्यटन क्षेत्रको पुनरुत्थान गर्न म्याराथन आयोजना गरिएको होटल व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष एवं अन्नपूर्ण म्याराथनका संयोजक किसम गुरूङको भनाई छ । कोरोनाकै कारण लामो समय पर्यटकीय गाँउ घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटककको लागि आगमन रोकिएको थियो । 

प्रकाशित: ११ चैत्र २०७७ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App