४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई

अन्नपूर्ण म्याराथनको उपाधि नेपाल पुलिस क्लब(जुम्ला)का धिरबहादुर बुढाले जितेका छन्। उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यसैगरी नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो भए। उनले निर्धारित दुरीलाई ४ घण्टा १२ मिनेट १९ सेकेण्डमा पुरा गरेका थिए। त्यसैगरी नेपाल आर्मीकै बेदबहादुर सुनुवार तेस्रो स्थानमा आए। उनले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको समयमा पुरा गरेका थिए।  

दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट शुरु भएको थियो। माछापुच्छ आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो।  

महिला तर्फको प्रतिस्पर्धामा जुम्लाकी धाविका गनाना भण्डारीले जितिन्। उनले निर्धारित दुरीलाई ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा पुरा गरिन्। महिला तर्फको विजेताले नगद ७५ हजार राशी पुरस्कार प्राप्त गर्ने गरिन्। धादिङकी रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानामा रहिन्। ओखलढुंगाकी चोकी शेर्पा भने तेस्रो स्थानमा आउने क्रममा ६ घण्टा ११ मिनेट १६ सेकेण्डको समय लगाईन्।  

दोस्रो हुने धाविकाले ५० र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त प्राप्त गरिन्। महिला तर्फ ८ जना धाविकाको सहभागिता रहेको थियो। ३६ जना पुरुष धावकको सहभागिता रहेको थियो। महिला तथा पुरुष गरी ३९ जना धावकले दौड पुरा गरेका थिए। स्पेनिश, टर्की र एक जना कोरियन धावकको सहभागिता रहेको थियो।  

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यसहित समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो। अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न यस वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ।

हुने छ। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ। सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताए।  

प्रकाशित: २० जेष्ठ २०८० १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App