१५ वैशाख २०८१ शनिबार
image/svg+xml

उद्योगमन्त्री भण्डारी र युएसपिटीओका निर्देशकबीच छलफल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ)का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ।

बासमती धानको ट्रेडमार्क विवाद इयुमा

नेपालीले उत्पादन र प्रयोग गर्दै आएको बासमती धान र चामलको ‘भौगोलिक ट्रेडमार्क’ विवाद युरोपियन युनियन (इयु) मा पुगेको छ। नेपालमा परापूर्वकालदेखि लगाइँदै आएको बासमती धानको ‘प्याटेन्ट राइट’ मा भारतले एकाधिकार जमाउन खोजेपछि नेपालले त्यसको विरोध गर्दै आफ्नो दाबी पेस गरेको छ।

१२ उद्योगलाई नेपाली चियाको ट्रेडमार्क

ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ। पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन्।

साना उद्योगका निर्यातयोग्य वस्तुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा जोड

स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

चियाको ट्रेडमार्क कागजमै सीमित

नेपालमा उत्पादित अर्थोडक्स चियाको अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ तयार गरे पनि कार्यान्वयनमा आउन सकेको छैन। यसले चियाको ब्रान्ड स्थापितमा समस्या भएको छ। विदेशी क्रेताको उपस्थितिमा गत वर्ष चैतको अन्तिम साता सगरमाथा आधार शिविर नजिकै स्याङबोचे लगेर ‘नेपाल टी क्वालिटी फ्रम दी हिमालय’ ब्रान्ड सार्वजनिक गरिए पनि अहिलेसम्म प्रयोगमा आएको छैन।

६ सय उत्पादनको ट्रेडमार्क चोरी

जापानको बहुराष्ट्रिय कम्पनी क्यासिओको लोगो चोरी गरेर नेपालमा क्यासिओ जस्तै क्याल्कुलेटर बिक्री भएको भन्दै उक्त कम्पनीले उद्योग विभागमा उजुरी दर्ता गरेको छ । क्यासिओकै लोगो प्रयोग भएको क्याल्कुलेटर बिक्री भएको भेटिए पछि कम्पनी न्याय खोज्दै विभाग पुगेको हो।

ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट

नेपालको अहिलेको अवस्था सहज तरिकाले बुझ्न झण्डा र नाम मेटाइदिने हो भने कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा पार्टीमा कुनै भिन्नता पाइँदैन्। अझ चुनावी तालमेल र भरतपुर एपिसेन्टर नियाल्दा सबै छर्लंग्ा हुन्छ ।

‘कलेक्टिभ ट्रेडमार्क’ प्रयोग गर्दै जडीबुटी व्यवसायी

जडीबुटी व्यवसायमा सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग हुने भएको छ । व्यवसायलाई गुणस्तरीय बनाउन र एकरुपता ल्याउन भन्दै सम्बन्धित व्यवसायीले संयुक्त रुपमा ट्रेडमार्क प्रयोग प्रक्रिया अघि बढाएका छन् ।

जडीबुटीको सामूहिक ट्रेडमार्क प्रयोग निर्देशिका बन्दै

जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्