१७ वैशाख २०८१ सोमबार
image/svg+xml

ओली–दाहाल संवाद बन्द

बैठकमा दुई नेताबीच राम्रोसँग अनुहार पनि हेराहेर भएन,’ नेकपा स्रोतले भन्यो । उनीहरूबीच अहिले संवादको ढोका बन्द भएको स्रोतको दाबी छ ।

ओली–दाहाल सहमतिप्रति आशंका

तीन महिना लामो आन्तरिक विवादमा गुज्रेको नेकपाभित्र अब प्याकेजमै सहमति गरेर विवाद टुंग्याउन भन्दै कार्यदल गठन भएको हो ।

ओली–दाहाल संवाद महाधिवेशन केन्द्रित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद टुंग्याउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहीबार महाधिवेशन केन्द्रित संवाद भएको छ। नौ दिनपछि साढे तीन घन्टा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओलीले दाहाललाई अहिले पार्टीभित्रको विवाद टुंग्याउन र महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रस्ताव गरेका छन्।

ओली–दाहाल संवाद खुलाउन दौडधुप

दाहाल–नेपाल समूहले पत्रकारलाई बोलाएर पार्टीभित्रको अन्तरविरोधबारे जानकारी दिएपछि ओली रुष्ट बन्दा दुई अध्यक्षबीच विकसित संवादहीनताको गाँठो फुकाउन विष्णु पौडेल र शंकर पोखरेलको दौडधुप जारी छ।

ओली–दाहाल बोली बाराबार

स्थायी कमिटी बैठक रोकेर सबै विषय सचिवालयमा छलफल गर्नुपर्ने ओलीको सन्देश बोकेर खुमलटार पुगेका महासचिव पौडेलसँग दाहालले समस्या उतै रहेको बताएका छन्। मंगलबार यता ओली र दाहालबीच संवाद भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्