‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा
गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्।
गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्।
सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका अनुसार सुदूरपश्चिमको अन्न भण्डार मानिने कञ्चनपुर र कैलालीमा ७० प्रतिशत रोपाइँ सकिएको छ।
समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको छ। यो वर्षको असार १५ गतेसम्म करिब १५ प्रतिशतको हाराहारी मात्र रोपाइँ भएको अनुमान छ। पोहोर असार १५ मा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो।
२०औं राष्ट्रिय धान दिवसका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा रोपाइँ महोत्सव गरिएको छ। कृषि ज्ञान केन्द्र, धान सुपर जोन कपिलवस्तु, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले दिवसका अवसरमा रोपाइँ महोत्सव गरेका हुन्। सो अवसरमा खेतमा धान रोपाइँपछि दहीचिउरा खुवाएर खाजा खुवाइएको थियो।
आज बिसौं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन्।
‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा हुने भएको छ। पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ।
जुम्लामा फल्ने कालीमार्सी धानको इतिहास झल्काउन मंगलबार गाउँपालिकाले 'गुरुफोक्टो रोपाइँ महोत्सव २०८०' गरेको हो।
कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ। जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ।
रोपाइँका लागि नभई नहुने रासायनिक मल आउने अझै टुंगो छैन। धान रोपाइँका बेला चाहिने युरिया, डिएपी र पोटास मलको पत्तो नहुँदा मधेसका अधिकांश किसान रोपाइँ गर्न सकेका छैनन्।
साउन लागि सक्दा पनि पानी नपरे पछि धानको बेर्ना ब्याडमै सुक्न थालेको छ भने रोपेको धानपनि खेतमै सुक्न थालेको छ।
मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ।
न मालिक भन्ने छुट्टै सान छ, न बस्तीमा गरिब भनेर कसैप्रति हेला। घटीबढी जग्गा हुने र भूमिहीन किसान पनि छन् बस्तीमा तर खेतीका बेला यहाँ सबैका खेतमा काम गर्न बस्तीका ‘घरलौरी’ नै पुग्छन्।
म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन्।
बाँके जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। वर्षात सुरु हुन ढिलो हुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको हो।
दुई दिनअघि असार १५ मा धान दिवस मनाइयो। कृषिप्रधान मुलुक भएकाले नेपालमा धान रोप्न प्रोत्साहित गर्ने उद्देश्यले यो दिवसको महत्व अन्यत्रभन्दा बढी नै छ हाम्रा लागि। त्यसैले आर्थिक मेरुदण्ड नै कृषि भएको मुलुकमा यस्ता दिवसको औचित्य झनै बढी हुनेमा शंका छैन।