१६ वैशाख २०८१ आइतबार
image/svg+xml

तीन वर्षपछि जापानी स्वयंसेवक कार्यक्रम पुनः सुरु

कोभिड महामारीका कारण स्थगन गरिएको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग स्वयंसेवक कार्यक्रम पुन: सुरु भएको छ।

सहरी क्षेत्रमा विद्युत् प्रसारण र वितरण पूर्वाधार विस्तार गरिंदै

नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ: जापान सरकार

जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ। जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो।

जापानले १०.४ अर्ब दिने

युनिसेफ र नेपालका लागि जापानी दूतावासले कार्यक्रमको साझेदार निकायका रूपमा सोमबार संयुक्त विज्ञप्ति जारी गरी कोल्डचेन व्यवस्थापनमा गरेको योगदान कोरोना महामारीविरुद्धको लडाइँमा सहयोगी रहेको जनाएका छन्। विश्वभरि कोरोना महामारी सुरु भएयता अर्थात् सन् २०२० जनवरी ३१ देखि सन् २०२२ को जनवरी ३१ सम्ममा चरणबद्ध रूपमा आवश्यक उपकरण उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ।

नेपाललाई जापान सरकारद्वारा छ वटा एम्बुलेन्स हन्तान्तरण

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

अस्ट्राजेनेका खोप शनिबार र सोमबार आइपुग्ने

जापान सरकारले नेपाललाई कोरोनाविरुद्वको थप अस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ। जापानले नेपाललाई दिने भनेको १६ लाख डोजमध्ये आधा यसअघि नै आइसकेको छ भने बाँकी शनिबार र सोमबार गरेर नेपाल आइपुग्ने छ।

पारामा पनि दर्शकलाई अनुमति छैन

पारा ओलम्पिक २०२० एक सातापछि सुरु हुँदै छ। ‘हालै मात्र टोकियो ओलम्पिक २०२० सफलतापूर्वक सम्पन्न भयो। त्यस दौरान अपनाइएका सुरक्षाविधि यस पटक पनि अपनाइनेछ। त्यसमा थप केही स्वास्थ्य मापदण्ड जारी गरिनेछ,’ जापान सरकार र अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले सोमबार जारी गरेको संयुक्त विज्ञप्ति भनिएको छ, ‘प्रतियोगितादौरान दर्शक प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ ।’

जापानद्वारा नेपाललाई २५ वटा पोर्टेबल अल्ट्रासाउण्ड इमेज डाइग्नोस्टिक सिस्टम प्रदान

जापान सरकारले कोभिड १९ लाई मध्यनजर गर्दै नेपाल सरकारलाई २५ वटा पोर्टेबल अल्टा«साउन्ड इमेज डाइग्नोस्टिक सिस्टम प्रदान गर्ने भएको छ।

पाण्डेलाई जापानको उच्च पदक

पूर्व परराष्ट्रमन्त्री, राजनीतिक विश्लेषक तथा लेखक रमेशनाथ पाण्डेलाई जापान सरकारले उच्च पदक दिने घोषणा गरेको छ।

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

जापानको संसदले बुधबार करिब तीन सय अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो ।

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्