३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

जापानको संसदले बुधबार करिब तीन सय अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो ।

कोरोना महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा छ । सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् ।

पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण पनि समेटिएको छ ।

यो बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ ।

बजेटले वित्तीय उद्धार कार्यक्रम र संघर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ ।

जापानमा मंगलबारसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ५१ जना संक्रमित हुनुका साथै नौ सय १९ जनाको मृत्यु भएको छ । तर देशभित्र कोरोना भाइरसको संक्रमण बढेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन स्थिति घोषणा गरेका थिए ।

तर कोरो नाभाइरस प्रसारमा कमी आएसँगै गत महिना प्रधानमन्त्री आबेले उक्त घोषणा फिर्ता लिएका थिए ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App