३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

जापानद्वारा कृषि तालिम केन्द्र हस्तान्तरण

जापान सरकारले नवनिर्मित कृषि तथा पशुपन्छी तालिम केन्द्र हस्तान्तरण गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितिमा काभ्रेपलाञ्चोकमा रहेको लभ ग्रिन नेपाललाई उक्त तालिम केन्द्र हस्तान्तरण गरेको हो।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टको सहयोगमा अमेरिकी डलर ८५ हजार १ सय ८९ रूपैयाँ लागतमा नयाँ भवन निर्माण भएको हो। सो अवसरमा राजदूत युताकाले परियोजनामा संलग्न सबैलाई बधाई दिँदै दूतावाससँग मिलेर काम गर्ने सबैको प्रशंसा गरे।

उनले तालिम केन्द्रले स्थानीय कृषकलाई सेवा दिने तथा सो तालिम केन्द्र सामुदायिक सम्पत्ति बन्ने समेत विश्वास व्यक्त गरे। ग्रामीण क्षेत्रमा बसोबास गर्ने न्यून आय भएका मानिसहरूको उत्थानका लागि सन् १९९१ मा लभ ग्रिन नेपाल स्थापना भएको हो।

नवनिर्मित कृषि तथा पशुपन्छी तालिम केन्द्रले कृषकलाई आवश्यक तालिम प्रदान गरी उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउने विश्वास जापानी दूतावासको रहेको छ। 

प्रकाशित: १ असार २०७९ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App