१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रदेश नाकामा पशु क्वारेन्टाइनको माग

पशुको स्वस्थता परीक्षण तथा नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टाइनसहितको चेकपोष्ट स्थापना गर्नुपर्ने माग गरिएको छ।

क्वारेन्टाईन बन्दले धनगढीमा आयात ठप्प

क्वारेन्टाईन जाँच बन्द भएपछि भारतबाट आयात हुने खाद्यान्न, तरकारी, फलफुल लगायतका वस्तुहरूको आयात तथा नेपालबाट भारत गरिने निर्यात रोकिएको छ।

क्वारेन्टाइनमा मानव अधिकार

क्वारेन्टाइनको व्यवस्थापकीय पक्ष एकदमै चुस्त र दुरुस्त हुनु अति नै आवश्यक छ जहाँ कुनै पनि व्यक्ति भयरहित, विनाभेदभावपूर्ण व्यवहारले सम्मानपूर्वक बस्न सकोस्।

रित्तिदै कर्णालीका क्वारेन्टाइन

सुर्खेतको बराहताल गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा अघिल्लो सातासम्म भारतलगायत देशका विभिन्न जिल्लाबाट आएका करिब १५ सय नागरिक थिए। गाउँपालिकाका विभिन्न १५ वटा क्वारेन्टाइनमा उनीहरूलाई राखिएको थियो।

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ।

भारतबाट फर्किन थालेपछि म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टिन

नेपाल भारतको सिमानाबाट करीब साढे २ सय जना आउने अनुमान गरिएको छ भने गण्डकी प्रदेशका जिल्लाबाट आउनेलाई समेत अब निगरानी गरिने छ । यसअघि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेडसहित पाँचवटै गाउँपालिकामा १७३ बेड तयारी अवस्थामा रहेकोमा मंगला गाउँपालिकामा भैरहवाबाट आएका एक जना छन् ।

पाँचथरका १ सय १४ जनाको रिर्पोट नेगेटिभ

पिसिआर परीक्षण गरिएका १ सय १४ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । कोरोना भाइरसका सन्त्रासका क्रममा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, डयुटीमा खटिएका सुरक्षाकर्मी र पत्रकारको स्वाब परीक्षण भएको थियो ।

नेपालमा कोरोनाको टनेला र ह्याट्रिक

सरकारले पिसिआर परीक्षणको दायरा बढाउने काम भने गर्न नसकेकै हो । जसरी सरकारले भारतसँगको खुला सिमानाबाट रातारात नेपाल प्रवेश गर्नेहरुलाई रोक्न सकेको थिएन । स्वदेश फर्कन चाहनेहरुलाई देशभित्र ल्याएर क्वारेन्टिनमा प्रभावकारी रुपमा राख्नबाट पनि सरकार चुकेकै हो । त्यसैले त आज देशभित्र कोरोना संक्रमण भयावह बन्ने अमूर्त तस्बिर देखा परेको छ

गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने

आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

नियन्त्रणका लागि गरिएका प्रयास र तयारी फितलो

प्रदेश ५ मा बुधबार साँझसम्म संक्रमितको सख्या १ सय ९५ पुगेको छ । संक्रमितको संख्या थपिदै जाँदा तीनको उपचारमा समस्या भइरहेको छ । आइसोलेसन बेड अभाव हुँदा कपिलवस्तु, नवलपरासी र बाँकेका संक्रमितहरु क्वारेन्टिनमै बस्न बाध्य छन । सुरुमै आइसोलेसन अस्पताल बनाएर सुरुवाती चरणमा प्रशंसनीय काम गरेको प्रदेशले आइसोलेसन अस्पतालको क्षमता बिस्तार नगर्दा संक्रमितलाई क्वारेन्टिनमै राख्नुपर्ने अवस्था आएको हो ।

मापदण्ड अनुसार छैन क्वारेन्टिन

बागमती प्रदेशमा कोरोना संक्रमणबाट जोगिनको लागि निर्माण भएका अधिकांश क्वारेन्टिन मापदण्ड अनुसार नभएको पाईएको छ । स्थानीय सरकारले बनाएको क्वारेन्टिनमा पानी विजुली, सौचालयसमेत छैन ।

सेनाको रेखदेखमा जुम्लाको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लास्तरीय क्वारेन्टिनको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको हो । स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन निकै अव्यवस्थित र सुरक्षाका हिसावले निकै चुनौति पुर्ण भएकोले एकीकृत क्वारेन्टिनको व्यवस्था गरेर सुरक्षा जिम्मेवारी सेनालाई दिइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् ।

मुम्बईबाट आएका भैरहवाका एक पुरुषमा कोरोना पोजिटिभ

रुपन्देहीको भैरहवा बस्ने एक युवामा कोरोना संक्रमण देखिएको छ । कामको सिलसिलामा भारतको मुम्बई बस्दै आएका ३६ वर्षिय युवाको आरडिटी र स्वाब दुबै परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको हो ।

आइसोलेसन बनाउने ठाउँ खोज्दै रोल्पा अस्पताल

साना गुजुप्प परेको कच्ची भवनभित्र संचालित जिल्ला कै एक मात्र रोल्पा अस्पताल आज पनि १५ शैयाको छ । कोरोना महामारीले त्रास फैलाई रहदा अस्पतालको भौतिक संरचनामा ब्यवस्थित तयारी गर्न सकस परेको हो ।

संक्रमित युवा कोभिड–१९ उपचार केन्द्र भर्ना

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका कोरोना संक्रमित युवालाई अस्पताल भर्ना गरिएको छ । गत सोमबार गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण भएको पूष्टी भएपछि २० वर्षीय युवालाई उपचारका लागि मंगलबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर भर्ना गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्