२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुम्बईबाट आएका भैरहवाका एक पुरुषमा कोरोना पोजिटिभ

रुपन्देहीको भैरहवा बस्ने एक युवामा कोरोना संक्रमण देखिएको छ । कामको सिलसिलामा भारतको मुम्बई बस्दै आएका ३६ वर्षिय युवाको आरडिटी र स्वाब दुबै परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको हो ।  

सिद्धार्थनगर ८ स्थित लिलाराम माविको क्वारेन्टिनमा रहेका उनको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको प्रादेशीक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. राजेन्द्र गिरीले पुष्टी गरेका छन् ।  

बैशाख ३१ गते सिद्धार्थनगर नगरपालिकाले सीमाबाट उद्वार गरी ल्याएका २६४ जनामध्ये उनीमा कोरोना पोजिटिभ देखिएको छ । केसको अध्ययन गरी रहेका छौ, क्वारेन्टिमा उनीसँगै बस्दै आएका अन्य व्यक्तिहरुको पनि अध्ययन गरी जाच प्रक्रिया अघि बढाउने स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले बताए । सिद्धार्थनगर ८ मायादेवी बजार आसपास बस्दै आएका उनी रोजगारको सिलसिलामा भारतको मुम्बईबाट भारतको क्वारेन्टिाइन हुँदै गत बुधबार मात्र भैरहवा आएका थिए । यो भैरहवामा देखिएको पहिलो केस हो ।

जेठ ४ गते क्वारेन्टिनमा गरिएको आरडिटी परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि उनलाई भैरहवास्थित भिम अस्पतालमा साझ ८ ः ३० बजे भर्ना गरिएको भिम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए । अस्पताल आएपछि सोमबार स्वाबको नमुना संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गहुबाली भैरहवा पठाइएको थियो, बुधबार दिउँसो उनीमा कोरोना पोजिटिभ देखिएको रिपोर्ट आएको छ । विरामीको अवस्था सामान्य छ, अस्पताल आएदेखिनै स्वास्थ्कर्मीको निगरानीमा छन उपाध्यायले नागरिक न्यूजसँग भने ।

उनीसँगै भीम अस्पतालमा अहिले २२ जना कोरोना संक्रमित छन । भीम अस्पतालको हालको लागि उपचार गर्ने क्षमता पुरा भएको छ । ३ वटा भेन्टिलेटरसहित ५ वटा आइसियू कक्ष रहेको अस्पतालमा एनेश्थेसियाका जनशक्ति हालसम्म उपलब्ध नभएकोले आइसियु भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन । 

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App