६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

शेर्पाद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन्।

शेर्पाले सोमबार आयोजिक एक कार्यक्रमबीच प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्। एन्फाको निर्वाचन असार ६ गते हुँदै छ।

शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका पूर्वअध्यक्ष शिक्षित पराजुली, उपाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य तथा टेक्निकल डिरेक्टर उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा र दीर्घबहादुर केसीले उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यमा फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रवीण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रूपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बागलुङका रामराजा गुरुङ, मकवानपुर फुटबल संघका अध्यक्ष टीकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर, जुम्ला फुटबल संघका अध्यक्ष भरत बुढथापा, सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रका फुटबल क्लबका टिम व्यवस्थापक अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यञ्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट र टोखा भगवती क्लबका अध्यक्ष मनिश जोशीको उम्मेदवारी घोषणा भएको छ।

यस प्यनलबाट महिला सदस्यको भने उम्मेदार घोषणा भएको छैन। एन्फा महासचिव तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले महिला सदस्यमा सर्वसम्मतिको प्रयास भइरहेको बताए।

शेर्पा र उनको प्यानलले सोमबार नै एन्फामा मनोनयन दर्ता गराएको छ। यसअघि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए। उनको टोलीबाट उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए। सोमबारै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए।

प्रकाशित: १० जेष्ठ २०७९ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App