५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली क्रिकेटलाई केल्मीको साथ

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलकुद पोसाक कम्पनी केल्मीले नेपाली क्रिकेट टोलीलाई पोसाक प्रायोजन गर्ने भएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोसाक प्रायोजन गर्न नेपाल क्रिकेट संघ (क्यान) र केल्मीबीच दुई वर्षे सम्झौता भएको हो। सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे।

सम्झौताअनुसार केल्मीले नेपालीको सिनियर, उमेर समूह र महिला टोलीलाई आवश्यक पर्ने खेल पोसाक प्रदान गर्नु पर्नेछ। सम्झौता २०२२ बाट सुरु भएर सन् २०२३ को अन्तिमसम्म रहने क्यानले जनाएको छ। 

वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्नेछ। सम्झौता लगभग ६५ लाख बराबरको रहेको छ। केल्मीका निर्देशक न्यौपानेले केल्मीका लागि यो सम्झौता खुसीको दिनका रूपमा रहेको बताए।

प्रकाशित: ५ पुस २०७८ ०५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App