५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप आज सुरु हुँदै

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको आज (बिहीबार)देखि सुरु हुँदैछ। मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको खेल मैदानमा हुने उद्घाटन खेल काठमाडौंको च्यासल युथ क्लब र झापाको रोलिङ क्लब धुलाबारीबीच हुनेछ।  

कात्तिक १८ गतेसम्म हुने प्रतियोगिता डाँगिहाट युथ क्लबले आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिमको सहभागिता रहेको छ। सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डिवाइसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको पश्चिम बंगालको आमुक्त परिवार सिलिगुडी प्रतियोगितामा सहभागी भएका छन्।  

प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलमा म्यान अफ द म्याचले ५ हजार ५ सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११–११ हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।  

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए।  

प्रकाशित: ११ कार्तिक २०७८ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App