१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विगतलाई भुलेर भारतविरुद्ध गोर्खाली शैलीमा खेल्ने छौँ: कप्तान किरण

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको फाइनलमा गोर्खाली शैलीमा खेल्ने बताएका छन्। शुक्रबार प्री-म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले जितका लागि गोर्खाली शैली अप्नाउने बताएका हुन्।

'भोलि हाम्रो लागि ठूलो दिन हो । भोलि हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,'कप्तान किरणले भने ।

किरणले विगतलाई भुलेर उपाधि उचाल्ने गरी खेल्ने पनि बताए। 'हामी विगततिर फर्किएर बस्दैनौँ, त्यसको वास्ता गर्दैनौँ। विगत त गइसक्यो,' उनले भने, 'हामीले विगतमा के गर्यौं? त्यसलाई मतलब गर्ने छैनौँ। हामीले भोलिको खेलबारे मात्रै सोचेका छौँ।'

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ। यस अघि लिग चरणमा भारतले नेपाललाई १-० ले पराजित गरेको थियो। 

प्रकाशित: २९ आश्विन २०७८ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App