६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बजेट अभावले रोकियो मुस्ताङको कभर्डहलको काम

मुस्ताङको जोमसोमस्थित निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल । फइला तस्बिरः नागरिक

मुस्ताङको जोमसोमस्थित निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हलको निर्माण बजेट अभावले रोकिएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, गाँउपालिकाको आर्थिक सहयोगमा निर्माण शुरु गरिएको प्रदेशकै दोस्रो ठूलो कभर्ड हल बजेट अभावमा रुमल्लिएको छ । दुईवर्ष अघि काम शुरु गरिएको थियो ।

‘भएको बजेट सकियो । अहिले बजेट छैन्,’ मुस्ताङस्थिति जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुमन थकालीले भने, ‘गाँउपालिकाको समपुरक बजेट समेत नआउँदा समस्या भएको छ ।’ उनका अनुसार समपुरक बजेटको काम सकिएपनि बजेट नआउँदा समस्या भएको छ ।  

एक स्थानीय तह एक खेल मैदानको संघीय तथा प्रदेश सरकारको नीति अनुसार कभर्ड हल निर्माणको थालनी गरिएको थियो । नीति अनुसार युवा तथा खेलकुद मन्त्रालयले मुस्ताङको घरपझोङ गाँउपालिकालाई ५० लाख रुपैयाँ पूर्वाधारको लागि पठाएपछि पुरानो जस्तापाताले छाएको हललाई भत्काएर आरसिसी भवन बनाउन शुरु गरिएको उनको भनाई थियो । त्यही बजेटबाटै संरचना पूर्ननिर्माणको काम शुरु गरिएको हो । ‘गाँउपालिकाबाट आएको पैसाबाट काम शुरु गरेका हौंं । गाँउपालिकाकै उपभोक्ता समिति मार्फत काम गरिएको छ,’ कार्यालय प्रमुख थकालीले सुनाए ।  

जोमसोम समुन्द्री सतहदेखि २७ सय ४३ मिटरको उचाईमा छ । जोमसोममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेवल टेनिस गर्ने योजना छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कभर्ड हल निर्माण शुरु गरिएको हो । कभर्ड हल ३० मिटर चौडाई र ४५.४ मिटरको लम्बाईको छ । भित्री खेल्ने कोर्ट भने लम्बाई ३४.६ मिटर र २०.२ मिटर चौडाईको रहेको छ । चारवटा व्याडमन्टिन कोर्ट रहने छन् । ‘५५० दर्शक क्षमता प्यारापिट समेत निर्माण गरिने छ,’ उनको भनाई थियो । अहिले दर्शकको लागि लम्बाई तर्फ २२ मिटर लामो चार स्टेपको प्यारापिट निर्माण गरिएको छ ।  

कार्यालय प्रमुख थकालीका अनुसार प्यारापिट निर्माण गर्न २६ लाख रुपैयाँ खर्च भएको छ । ‘गाँउपालिकाको समपुरक बजेट आउने आशामा प्यारापिट निर्माण गरिएको हो,’ उनको भनाई थियो । हलको लागि १ करोड ४५ लाख रुपैयाँ खर्च भईसकेको छ । दीर्घकालिन गुरुयोजना अन्तर्गत दुईवर्ष अघि शुरु गरिएपनि नवौं राष्ट्रिय खेल कुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण शुरु गरिएको हो । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका ११ जिल्लामा आयोजना गरिने छ । मुस्ताङमा टेबल टेनिस प्रतियोगिता आयोजना गरिने तय भएको छ । 

प्रकाशित: ९ भाद्र २०७८ ०८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App