१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

यु–१३ खेलाडी विभागीय टोलीमा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै मात्र छनोट भएका यु–१३ का खेलाडीलाई गोलाप्रथामार्फत तीन विभागीय टोलीमा पठाएको छ।

एन्फाले शुक्रबार देशभरबाट छनोट भएर आएका १ सय ६६ खेलाडीमध्ये यु–१३ का ४२ खेलाडीको घोषणा गरेको थियो। ९ खेलाडीलाई वैकल्पिकका रूपमा राखिएको छ। १ सय ६६ खेलाडीमध्ये प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बाग्मती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३०,कर्णाली प्रदेशबाट ८ र सुदूरपश्चिम प्रदेशबाट १२ खेलाडी रहेका थिए। एएएफसी क्लब लाइसेन्सका लागि युथ एकेडेमी पनि अनिवार्य गरिएपछि विभागीय टोलीले एन्फासँगको सहकार्यमा युथ एकेडेमी सञ्चालन गर्न लागेका हुन्।  

तीन विभागीय टोलीमध्ये त्रिभुवन आर्मी क्लबले एएफसी लाइसेन्स प्राप्त गरिसकेको छ भने नेपाल पुलिस क्लब र एपिएफ एफसी लाइसेन्सको प्रक्रियामा छन्। छनोट भएका ४२ खेलाडीमध्ये आर्मी, एपिएफ र पुलिस क्लबलाई गोलाप्रथामार्फत ७ खेलाडी गरी कुल २१ खेलाडी पठाइएको हो। यी २१ खेलाडीको सम्पूर्ण खर्च सम्बन्धित एकेडेमीले व्यहोर्नेछ। त्यस्तै यी तीन क्लबले समान ७ खेलाडी गरी अन्य २१ खेलाडी पनि क्लबमा ल्याएका छन्। तर यी खेलाडीले सम्पूर्ण खर्च आफैैं व्यहोर्नुपर्नेछ। एन्फाले एकेडेमी सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App