६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजेटिभ

भारतमा पुन: कोरोना भाइरसको माहामारी फैलिएको छ। सक्रिय संक्रमणका घटनाले फेरि एक पटक त्रास फैलाएको  छ। यसै बीच पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकारलाई कोरोना पोजिटिभ पाइएको छ।

सचिन आफैँले ट्वीट गरेर यस बारेमा जानकारी गराए। यद्यपि सचिनका परिवारका अन्य सदस्यहरूको कोरोना रिपोर्ट नकारात्मक आएको छ। 

कोरोना संक्रमित भएपछि ४७ वर्षीय सचिनले भने, 'म हल्का लक्षणहरु पछि कोरोना पोजिटिभ पाएको छु। मैले आफूलाई क्वारेन्टाइनमा राखेको छु। यस बाहेक म यस महामारी सम्बन्धी सबै आवश्यक प्रोटोकलहरु पछ्याउँदैछु। म सबै हेल्थकेयर प्रोफेशनल्सलाई धन्यवाद दिन्छु।'

प्रकाशित: १४ चैत्र २०७७ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App