६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

भैरहवामा १ लाख पुरस्कार राशीको खुला हाफ म्याराथन हुदै

रोटरी क्लब अफ भैरहवाले हाफ म्याराथनकालागि तयार गरेको टिसर्ट सार्वजनिक गर्दै कर्तिमानी धावक बैकुण्ठ मानन्धर । तस्विर÷रेखा

कोभिड १९ ले थला परेको खेल क्षेत्रको उत्थानकालागि भैरहवामा खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । रोटरी  क्लब अफ भैरहवाले रोटरी ईन्टरनेसनल डे को अवसर पारेर फागुन २२ गते २१ किलोमिटर दुरीको हाफ म्याराथन प्रतियोगीता गर्न लागेको हो ।  

प्रतियोगीतामा बिभागीय खेलाडीहरु सहित २ सय बढीलाइ सहभागी गराउने लक्ष्य आयोजकले लिएका छन । शनिबार मणिग्राममा पत्रकार सम्मेलन गरी प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए । प्रतियोगीताको तयारीकालागि किर्तिमानी धावक बैकुण्ठ मानन्धरको संयोजकत्वमा अन्तराष्ट्रिय धावकहरु सदस्य रहने गरी प्र्राविधिक कमिटि गठन गरीएको उनले जानकारी दिए ।  

 सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डमा ६ लेन सडकको एका तर्फको लेनमा प्रतियोगीता गरीने छ ।  बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको गेट देखि, राजमार्ग चौराह–योगीकुटी–शंकरनगर–मणिग्राम–मंगलापुर–भलवारी–कोटिहवा हुँदै भैरहवाको बर्मेली टोल–नारायणस्थान हुँदै सानू डिपार्टमेन्टल स्टोर चोक सम्मको २१ किलोमिटर दुरी कायम गरीएको हो । बुटवलबाट सुरु भएको हाफ म्याराथन भैरहवामा पुगेर सकिने छ । प्रतियोगीताको बिजेताले नगद १ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुनेले ५० हजार पुरस्कार पाउने क्लबका संस्थापक अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक गुप्ताले जानकारी दिए । सान्त्वना पुरस्कार २ जनालाइ ५ हजार राखीएको छ । खेलमा सहभागी भएर दुरी पार गर्ने ३ जना धावक महिलालाइ प्रोत्साहन पुरस्कार दिइने छ ।  

कोरोनाले थलिएको खेल क्षेत्रको उत्थान गर्दै खेलकै माध्यमबाट लुम्बिनीको पर्यटन क्षेत्रलाइ फेरि सक्रिय बनाउन हाफ म्याराथनले टेवा पुग्ने किर्तिमानी धावक बैकुण्ठ मानन्धरले बताए । मोफसलमा आयोजना हुने यस्ता प्रतियोगीताले राजधानी बाहिर लुकेर रहेका नयाँ खेलाडीको प्रतिभा उजागर गर्न समेत मद्यत पुग्ने विश्वास मानन्धरले व्यक्त गरे ।  

प्रतियोगीताकालागि करिब साढे ८ लाख रुपैँया अनुमानित खर्च लाग्ने रोटरी क्लाब अफ भैरहवाका अध्यक्ष शिवहरि शर्माले जानकारी दिए । प्रतियोगीतालकालागि शनिबार देखि नै नाम दर्ता सुरु गरीएको छ । प्रतियोगीले अनलाइन मार्फत पनि नाम दर्ता गर्न सक्नेछन । २१ गते साँझ ५ बजे सम्म नाम दर्ता गराइसक्नु पर्ने शर्माले बताए । धावकहरुको २ लाख बराबरको दुर्घटना तथा स्वास्थ्य विमाको व्यवस्था लुम्बिनी जनरल इन्स्योरेन्स मार्फत गरीने पत्रकार सम्मेलनमा जानकारी गराइयो । रोटरी क्लब अफ भैरहवाको जिएसआर एजाज आलम,एजी धुव्र धिताल,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे,मारुति फुडपार्कका संचाकल धिरज अग्रवाल,प्रतियोगीतामा जिल्लामा सक्रिय बिभिन्न रोटरी क्लबहरुले सहकार्य गर्नेछन । प्रतियोगितालाइ मारुति फुडपार्कको (काठमाण्डौ गेट प्रिमियर बासमती राइसले )मुख्य प्रायोजन र नेपाल अम्बुजा सिमेन्टले सहप्रायोजन  गरेका छन ।

प्रकाशित: ८ फाल्गुन २०७७ १४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App