६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सेरेना र मुरेलाई सफलता

अमेरिकाकी सेरेना विलियम्स (दायाँ) आफ्नै देशकी क्रिस्टी अहनमाथि निकालेपछि । तस्बिर: एपी

२४औं ग्रान्ड स्लाम कीर्तिमान बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सले मंगलबार युएस ओपनको दोस्रो चरणमा स्थान बनाउँदा उत्कृष्ट पुनरागमनमा एन्डी मुरेले सफलता प्राप्त गरेका छन् ।

छैटौं पटक युएस ओपन विजेता विलियम्सले ९६औं वरीयताकी क्रिस्टी अहनलाई स्तब्ध बनाउँदा जापानका योसिहितो निसिओकासँग दुई सेटले पछि परेका मुरेले उत्कृष्ट पुनरागमन गर्दै पाँच सेटमार्फ जित रचेका हुन् । दर्शकबिना र कडा स्वास्थ्यसुरक्षा विधि अपनाइएको युएस ओपनको दोस्रो दिनको खेलमा सफलता हात पार्दै मुरे र सेरेनाले दोस्रो चरणमा चरणमा बनाउन सफल भए । फ्लसिङ मिडोजमा भएको खेलमा अमेरिकी स्टार विलियम्स आफ्नै देशकी अहनमाथि ७–५ र ६–३ को सोझो सेटमा जित निकाल्दै मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४औं ग्रान्ड स्लाम बराबर गर्ने यात्रामा होमिएकी छन् ।  

एन्डी मुरे

अर्थर एसे स्टेडियममा पहिलो सेटको सुरुआती सर्भिस गुमाएकी ३८ वर्षे सेरेनाले सहजै सफलता प्राप्त गरिन् । ‘आजको खेलबाट खुसी छु । हरेक अंकका लागि संघर्ष गरे पनि मैले कस्तो खेलें भन्ने महत्वपूर्ण कुरा हो,’ विलियम्सले भनिन् । सन् २०१७ को अस्ट्रेलियन ओपन जित्दै २३औं ग्रान्ड स्लाम उचालेकी सेरेनाले कीर्तिमान बराबर गर्न तीन वर्षदेखि संघर्ष गरिरहेकी छन् । प्रेगनेन्टको समयमा नै ग्रान्ड स्लाम उचालेकी सेरेनाले आमा बनेपछि भने संघर्ष गर्दै आइरहेकी छन् । यसबीच चार पटकसम्म ग्रान्ड स्लाम फाइनल खेले पनि उनले सफलता हात पार्न सकिनन् ।

सेरेनाकी दिदी भेनेस विलियम्स भने पहिलो चरणबाटै बाहिरिन् । ४० वर्षीया भेनेस करियरमा पहिलो पटक पहिलो चरणबाटै बाहिरिएकी हुन् । उनी चेक रिपब्लिककी क्यारोलिना मुचोभासँग ६–३ र ७–५ को सोझो सेटमा स्तब्ध भइन् । 

तर, यस पटक शीर्ष खेलाडीको अनुपस्थितिका कारण सेरेनालाई कीर्तिमान बराबर गर्ने अवसर छ । विश्व नम्बर एक एस्लेघ बार्टी, दोस्रो वरीयताकी सिमोना हालेफ र क्यानडाकी बियन्सका एन्ड्रियस्कु तीनै जना बन्द रंगशालाबीच खेलाइएको यस प्रतियोगितामा सहभागी छैनन् । यो जितसँगै उनले युएस ओपनमा १ सय २औं जित निकाल्दै सर्वाधिक सफलता निकाल्ने खेलाडी बनिन् । यता, ब्रिटेनका मुरेले जापानिज प्रतिद्वन्द्वी योसिहितोसँग चार घण्टा ३९ मिनेटसम्मको संघर्षपश्चात् सफलता निकाले ।  

उनले ४९औं वरीयताका योसिहितोमाथि ४–६, ४–६, ७–६ (७–५), ७–६ (७–४) र ६–४ को जित निकाले । ‘मैले साढें चार घन्टाभन्दा बढी समय खेलें, यति धेरै समय खेल्न सक्छु भन्ने सोचेको थिइनँ,’ मुरेले भने, ‘मेरो हिपमा समस्या भएकाले बस्न पनि हुँदैन । आजको राति राम्रोसँग सुत्छु होला ।’ दशौं वरीयताकी गार्बिन मुगुरुजाले पनि जापानकी नाओ हायिनोमाथि ६–४ र ६–४ को जित निकाल्दै दोस्रो चरणमा स्थान बनाइन् । अमेरिकाकी सोफिया केनिनले गैरवरीयताकी यनिना विकमायरलाई ६–२ र ६–२ ले हराउँदा सेरेनाकी दिदी भेनेस विलियम्स भने पहिलो चरणबाटै बाहिरिन् ।

४० वर्षीया भेनेस करियरमा पहिलो पटक पहिलो चरणबाट बाहिरिएकी हुन् । उनी चेक रिपब्लिककी क्यारोलिना मुचोभासँग ६–३ र ७–५ को सोझो सेटमा स्तब्ध भइन् । अर्की भेट्रान खेलाडी बेल्जियमकी ३७ वर्षे किम क्लाइस्टर्स पनि पहिलो चरणबाटै बाहिरिन् । करियरमा दोस्रो पटक पुनरामगन गरेकी उनले सन् २०१२ पछि ग्रान्ड स्लाम खेलेकी थिइनन् । उनी पनि एकटेरिना एलेक्जान्ड्रोभासँग ३–६, ७–५ र ६–१ ले पराजित भइन् ।

प्रकाशित: १८ भाद्र २०७७ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App