६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सँघारमा युएस ओपन, एक खेलाडीमा कोरोना पुष्टि

सोमबारदेखि सुरु भएको ग्रान्ड स्लाम युएस ओपनले एक खेलाडीमा कोरोना पुष्टि गरेसँगै फ्रान्सका बेन्वा पेयरको नाम प्रतिस्पर्धीको सूचीबाट हटाइएको छ।

पेयरको नाम युएस ओपनको अफिसियल सूचीबाट हटाइएको छ भने उनको स्थानमा विश्वको १ सय ४९औं वरीयताका स्पेनिस स्टार मार्सेल ग्रानोलियर्सले खेल्ने भएका छन्। मार्सेलले पहिलो चरणमा पोल्यान्डका १ सय आठौं स्थानका कामिल माइरसाकविरुद्ध खेल्नेछन्। फ्रेन्च एक खेल पत्रिकाले न्युयोर्कमा विश्व नम्बर २२ का पेयरमा कोरोना संक्रमण पाइएको उल्लेख गरेको छ। युएस टेनिस एसोसिएसनले सबै खेलाडीलाई राज्यको नीति नियम मान्न सल्लाह दिएको र स्वास्थ्य सुरक्षा प्रोटोकलनुसार कम्तीमा १० दिन आइसोलेसनमा बस्न निर्देशन दिएको बताएको छ।

पेयरसँगको अन्य खेलाडीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ भने केही खेलाडी उनको सम्पर्कमा आएको पाइएमा ती खेलाडी पनि युएस ओपन छाडेर १० दिनको क्वारेन्टिनमा बस्नुपर्नेछ। फ्रेन्च सञ्चारमाध्यमका अनुसार फ्रान्सकै रिचार्ड गास्क्वेट, ग्रिगोइरे बेरेर, इडोर्ड रोजर र एड्रियन मन्नारिनोलाई पनि अर्को सूचना जारी नभएसम्म होटलमै सीमित गरिएको छ। उनीहरू पेयरसँगै एउटै होटलमा बसेका थिए। वेस्टर्न र साउथर्न ओपन खेलेपछि मात्र फ्रान्सेली खेलाडीमा कोरोना संक्रमण पाइएको हो। ३१ वर्षे पेयर सन् २०१५ को युएस ओपनको चौथो चरणसम्म पुगेका थिए, त्यो नै उनको ग्रान्ड स्लाममा ठूलो सफलता थियो। 

फ्रान्सकै रिचार्ड गास्क्वेट, ग्रिगोइरे बेरेर, इडोर्ड रोजर र एड्रियन मन्नारिनोलाई पनि अर्को सूचना जारी नभएसम्म होटलमै सीमित गरिएको छ। उनीहरू पेयरसँगै एउटै होटलमा बसेका थिए। 

युएस मेडिकलको गोपनीयता कानुनअनुसार अमेरिकी टेनिस एसोसिएसनले अन्य कुनै पनि खेलाडीको कोरोना संक्रमणको नतिजा पुष्टि गर्ने छैन। पेयर गत अगस्ट १८ मा कोरोना परीक्षणको नेगेटिभ नतिजाका साथ अमेरिका आएका थिए। उनी वेस्टर्न र साउर्थन ओपनको पहिलो चरणमै अस्वस्थ भएपछि रिटायर भएका थिए। यस पटक विश्व नम्बर एक नोभाका जोकोभिच करियरको १८औं ग्रान्ड स्लाम र चौथो युएस ओपन जित्ने लक्ष्यका साथ उत्रनेछन् भने सेरेना विलियम्स मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छिन्।  

ब्रिटिस नम्बर एक जोहन्ना कन्टाले युएस ओपनमा सहभागी हुन लागेका खेलाडीमा कोरोना संक्रमण हुनुले केही चिन्ता लागेको बताइन्। ‘कोरोना परीक्षणको पोजिटिभ नतिजा आएको छ। सुरुमा नेगेटिभ नतिजा भएका खेलाडीमा पुनः पोजिटिभ नतिजा आउनुले केही चिन्ता लागेको छ,’ कन्टाले भनिन्, ‘अझ केही खेलाडीहरू बाहिर र यहींबाट प्रतिस्पर्धा गर्दै छन् र उनीहरूको अवस्था कस्तो होला। तर, हामी सुरक्षित रहेर खेल्ने प्रयास गर्नेछौं।’  

प्रकाशित: १६ भाद्र २०७७ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App