६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बेनचिच युएस ओपनमा सहभागी नहुने

विश्व नम्बर आठ बलिन्डा बेनचिचले पनि युएस ओपनमा सहभागी नहुने घोषणा गरेकी छिन्।

२३ वर्षीया स्विडिस खेलाडी बेनचिचले गत संस्करणमा प्रतियोगिताको अन्तिम ४ सम्म पुगेकी थिइन्। यसअघि नै कोरोना भाइरस महामारीको कारण देखाउँदै बियान्सा एन्ड्रेस्क्युका साथै विश्व नम्बर एक एस्लेघ बार्टी, इलिना सिभिन्तोलिना र किकी बार्टिन्सले प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरिसकेका छन्।

‘मैले युएस ओपन नखेल्ने निर्णय लिएको छु,जुन मेरा लागि निकै कठिन थियो,’ उनले भनिन्,‘म अर्को संस्करणमा भने प्रतियोगितामा फर्कन्छु र प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई शुभकामना भन्न चाहन्छु।’

प्रकाशित: २ भाद्र २०७७ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App