१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सुदूरपश्चिम खप्तड गोल्डकप पुस २४ देखि, विजेताले २१ लाख पाउने

धनगढी - तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल पुसको अन्तिम साता हुने भएको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा हुने सुदूर पश्चिमको एक मात्र  गोल्डकप प्रतियोगिता पुस २४ बाट माघ ५ गतेसम्म चल्नेछ।

बिहीबार धनगढीमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिताका लागि तयारीसमेत सुरु गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी टिम तथा मोफसलका चर्चित क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता धनगढी रंगशालामा हुनेछ।

एक विदेशीसहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १०–१० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि करिब १ करोड ४० लाख खर्च लाग्ने आयोजकले जनाएकाअनुमा गरिएको छ।

‘सुदूरपश्चिमको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले विगत तीन वर्षदेखि  प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष सुरेश हमालले बताए। एन्फाले गरेको मोफसलका गोल्डकपको वर्गीकरणमा खप्तड ‘क’ वर्गको हो।

प्रकाशित: ५ पुस २०७५ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App