१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एन्फा महिला लिगः अपराजित रहँदै एपीएफ दोस्रो चरणमा

दोस्रो चरणमा पुग्ने पाँचै टोलीकाे टुंगो

सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ ।  

लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्ष स्थानका साथ अघिल्लो चरणमा पुगेको हो । 

नौं खेलबाट उसको २५ अंक भयो । एपीएफले ८ खेलमा जित र एकमा बराबरीको नतिजा निकाल्यो । नेपाल पुलिसँगको खेलमा भने एपीएफले बरबारी खेलेको थियो । ९ खेलबाट १० अंक जोडेको बागामती छैठौं स्थानमा छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको खेलमा एपीएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङले एक्दै चार गोल गरिन् । अनिता बस्नेत र सविता रानामगरले एक-एक गोल गर्दा थप एक गोल बागमतीले आत्मघाती उपहार दिएको थियो ।  

एपीएफसँगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले दोस्रो चरणमा स्थान बनाएका छन् । एन्फाको आयोजनामा जारी प्रतियोगितामा १० टोली सहभागी छन् । शीर्ष पाँचले दोस्रो चरणमा स्थान बनाएका हुन् ।  

प्रकाशित: ११ आश्विन २०८१ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App