७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

श्रेयस र हार्दिकको टिम आमनेसामने, कसले मार्ला बाजी?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज कोलकोत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ।

मुम्बईस्थित वानखेडे स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

प्ले अफको रेसमा अघि बढ्नका लागि कोलकोत्ताका लागि आजको खेल जितेमा सहज हुने छ भने मुम्बई लगभग प्ले अफको रेसबाट बाहिरीसकेको जस्तै छ।

हालसम्म जारी सिजनमा कोलकोत्ताले ९ खेलमध्ये ६ मा जित हात पारेको छ भने १० खेल खेलेको मुम्बईले जम्मा ३ खेलमा जित हात पारेको छ।

आजको खेलमा कोलकोत्ताका सुनिल नरेन, वरुण चक्रवर्ती, फिल साल्टमाथि नजर रहने छ भने मुम्बईका रोहित शर्मा, जशप्रित बुमराह, तिलक वर्मा र गेराल्ड कोएत्जीमाथि नजर रहने छ।

प्रकाशित: २१ वैशाख २०८१ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App