३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको अन्तिम एकदिवसीय आज

जारी एकदिवसीय खेल अन्तर्गत आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले बिहान ९: ३० बजे तेस्रो तथा अन्तिम म्याच सुरु हुनेछ।

यसअघि नै श्रृङ्खला गुमाइसकेको नेपाल साख जोगाउने लक्ष्यसहित आज मैदान उत्रने छ।

पहिलो खेलमा २१ र दोस्रोमा ११४ रनले पराजित भएको नेपालले यसअघिको टी–२० सिरिज पनि गुमाइसकेको छ।

प्रकाशित: २५ चैत्र २०८० ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App