११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता : सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच प्रतिस्पर्धा आज

विराटनगरको सहिद रंगशालामा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत  घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र भुटानको आरटिसी एफसीबीच आज प्रतिस्पर्धा हुँदै छ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब एनआरटीसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा काठमाडौंको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली आर्मीलाई २–० गोलमा हराउँदै क्वाटरफाइनलमा पुगेको हो। यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लब पहिलो खेलबाटै बाहिरिएको थियो। आइतबार सिक्किमको ड्रागन क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुने छ।

पहिलो हाफमा आर्मीलाई अधिकांश समय दबाबमा राख्दै खेलेको एनआरटीले एक गोल गरेपछि थप आक्रामक हुँदै खेले पनि गोल संख्या बढाउन सकेन। दोस्रो हाफमा आर्मीले आफ्नो खेललाई सुधार गर्दै खेले पनि पाएको गोलको अवसरबाट चुक्दा उल्टो थप एक गोलको भारी बोक्न बाध्य भयो। आर्मी आज पुनः इटहरीमा फाइनल खेल्दै छ। यसअघि उसले बिहीबार राति इटहरीमा र शुक्रबार राति विराटनगरमा खेलेको थियो।

२६औं मिनेटमा एनआरटीका रिचार्डले गोल गरी टिमलाई अग्रता दिए। आफिजले निकालिदिएको क्रस पासलाई रिचार्डले डिबक्सभित्रबाट गरेको प्रहारलले जाली चुमँदै अग्रता पाएको हो। ७५औं मिनेटमा आफिजले गोल गर्दै टोलीको गोल संख्या दोब्बर पारे। सुदीप श्रेष्ठले डिबक्सभित्र मिलाइदिएको बलमा आफिजले हेडिङ गर्दा आर्मीका गोलरक्षक समित श्रेष्ठले नियन्त्रणमा लिन नसक्दा आकर्षक गोल भयो।

आर्मीले खेलको ६ मिनेटमा गोल गर्ने अवसर गुमायो। टोलीका दिनेश हेमजुङको कडा प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले उत्कृष्ट बचाउ गरे। आर्मीका जिलेस्पीजंग कार्कीले १३ औं मिनेटमा ३० यार्डदेखिको कडा प्रहार पनि एनआरटीका गोलरक्षक गच्छदारले विफल पारे। १६ औं मिनेटमा एनआरटीका जय गुरुङले आर्मीका डिफेन्सलाई क्रस गरेर पेनाल्टी एरियाबाट गरेको प्रहार गोल हुन सकेन।

४०औं मिनेटमा जय गुरुङले निकालिदिएको वान भर्सेस वानको प्रहार एनआरटीका रिचार्डले गोल गर्ने अवसर गुमाए। ५२औं मिनेटमा जिलेस्पीले गरेको हेडिङ पोस्टमाथिबाट बाहिरिँदा आर्मीले खेललाई बराबारीमा ल्याउन सकेन।

६५औं मिनेटमा एनआरटीका सञ्जीव विष्टले वान भर्सेस वानको प्रहार पोस्ट माथिबाट बाहिरियो। ७३औं मिनेटमा आर्मीका युद्ध शाहीले निकालेको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा गोल हुन सकेन। ८६औं मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडि बढाएर डिबक्सभित्रबाट एनआरटीका गोलरक्षकलाई बिट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाए।

आर्मीका प्रशिक्षक मेघराज केसीले पाएको अवसर खेलाडीहरुले चुकाउँदा हार्नुपरेको बताए। उनले टोलीमा धेरै नयाँ खेलाडी रहेको उनीहरुले नियमित म्याच खेल्नुपरेका कारणले पनि राम्रै खेल्दाखेल्दै पनि पाएको अवसर चुकाउँदा हार्नुपर्‍यो।

प्रकाशित: १७ चैत्र २०८० १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App