१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

रियान परागको उत्कृष्ट प्रदर्शनले दिल्लीमाथि राजस्थानको जित

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दोस्रो जित हात पारेको छ। गयराति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थानले दोस्रो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको राजस्थानले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८५ रन बनायो। सुरुमा कमजोर प्रदर्शन गरेको राजस्थानले ५० रन कटाउन नपाउँदै ३ विकेट गुमाइसकेको थियो। तर, चौथो नम्बरमा ब्याटिङ्ग गर्न मैदान आएका रियान परागले पारी सम्हाल्दै नटआउट रहेर ८४ रनको योगदान गरे। उनलाई साथ दिन आएका रवीचन्द्रन अश्विनले पनि २९ रन जोडे। दिल्लीका कारण कुलदीप यादव, अक्षर पटेल, एनरिक नर्ट्ज, मुकेश कुमार र खलिल अहमदले समान १÷१ विकेट लिए।

१८६ रनको जवाफी लक्ष्यसहित मैदान उत्रेको दिल्ली निर्धारित ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाउँदा ट्रिस्टन स्टब्सले ४४ रन जाडे। कप्तान ऋषभ पन्तले २८ र मिचेल मार्सले २८ रन बनाए।

राजस्थानका लागि नन्द्रे बर्गरले २, युजवेन्द्र चहलले २ विकेट लिए भने अवेज खानले १ विकेट लिए।

जितसँगै राजस्थान अङ्क तालिकाको दोस्रो स्थानमा यथावत छ भने पराजित दिल्ली  पुछारबाट अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: १६ चैत्र २०८० ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App