६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

फागुन पहिलो सातादेखि रग्बी लिग

फाइल तस्बिर

केही विदेश खेलाडीसहित पाँचौं फिफ्टिन रग्बी लिग च्याम्पियनसिप फागुनको पहिलो सातादेखि काठमाडौंमा हुने भएको छ।

नेपाल रग्बी संघको आयोजनामा लिग फरम्याटको फिफ्टिन रग्बी लिग फागुनको ६ देखि १२ गतेसम्म हुन लागेको हो। संघले मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दियो।

उक्त प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। तीन विभागीय टोली नेपाल आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबका साथै गोर्खाली रग्बी क्लबले लिगमा प्रतिस्पर्धा गर्ने भएका छन्। गत संस्करण खेलेका कालभैरव रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले भने यस पटक सहभागिता नजनाउने भएका छन्।

संघका अध्यक्ष दीपक देवकोटाले रग्बी सेभेन्सभन्दा फिफ्टिन ‘ए’ साइड कठिन र रोमाञ्चक हुने भएकाले लिगमा सहभागिताका लागि मापदण्ड तय गरिएको र सो मापदण्डअनुरूप नभएका क्लबको सहभागिता अस्वीकृत गरिएको बताए।

‘लिगमा सहभागिताका लागि निश्चित मापदण्ड बनाएका छौं। त्योअनुरूप सिनियर खेलाडीले मात्र लिग खेल्न पाउँछन्। उमेरसमूहका खेलाडीले खेल्न पाउँदैनन् र फिजियोलगायत अन्य कुराहरूमा पनि व्यवस्थित हुनुपर्छ,’ अध्यक्ष देवकोटाले भने, ‘त्यसैले गत संस्करण लिग खेलेका दुई क्लब यस पटक खेल्ने छैनन्।’

फिफ्टिनको लिग खेल्न २० वर्षभन्दामुनिका खेलाडीलाई रोक लगाइएको अध्यक्ष देवकोटाले बताएका छन्। हरेक क्लबले न्यूनतम २१ खेलाडी र अधिकतम २६ खेलाडी समावेश गराउने मापदण्ड तय गरिएको संघले जनाएको छ।

एउटा टोलीमा पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको र गोर्खाली क्लबले पाँच खेलाडीको नाम दर्ता गराएको संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए।

प्रकाशित: २४ माघ २०८० ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App