६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: ललितपुर सिटी दोस्रो क्वालिफायरमा

ललितपुर सिटी  डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि ३–० को रबाफिलो जितसहित नेपाल सुपर लिग(एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।

आज दशरथ रंगशालामा भएको इलिमिनेटरको प्रतिष्पर्धामा ललितपुर सिटीले लिग चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। लिग चरणमा काठमाडौं रेजर्सले ललितपुर सिटीलाई १–० ले हराउँदै क्लालिफायरमा स्थान बनाएको थियो।

आज हारको बदला लिने क्रममा ललितपुर सिटी काठमाडौं रेजर्समाथि पूर्ण रूपमा हाबी भयो। कप्तान तथा डिफेन्डर अञ्जन राईले रातो कार्ड सामना गरेपछि काठमाडौं रेजर्सले अन्तिम १६ मिनेटसम्म एक खेलाडीबिना नै खेल्यो। तर, थप गोल भने नबेहोरे पनि ललितपुर सिटीलाई ३–० ले नतिजा सुम्पिन बाध्य भयो।

अब ललितपुर सिटीले  बिहीबार दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्नेछ। पोखरा थन्डर्सले पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हार व्यहोरेको थियो।  त्यसअघि दिनेश हेन्जनले १५औं मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमाउँदा ललितपुर सिटी खेलमा अग्रता बनाउन चुक्यो। इमोन इजेकिलले काठमाडौं रेजर्सका डिफेन्डरलाई बिट गराउँदै दिएको पासमा अनमार्क दिनेश सहज गोल गर्न असफल भएका हुन्।

ललितपुर सिटीले ३६ औं मिनेटमा इजेकिलको गोलबाट अग्रता लियो। दुई मिनेटपछि नै काठमाडौं रेजर्सका सोखरुखको फ्रिकिक प्रहार ललितपुर सिटीका गोलकिपर जेफ्री विली मार्सलका लागि चुनौति भएन। ४३औं मिनेटमा आदित्य शाक्यले लेफ्ट साइडबाट गरेको सट काठमाडौं रेजर्सका गोलकिपर अन्जल श्रेष्ठले पन्च गर्दै बाहिर पठाइदिए।सोही क्रममा प्राप्त कर्नरबाट ललितपुर सिटी खेलमा फर्कियो। ललितपुर सिटीले पापा केबेको गोलबाट अग्रता दोब्बर पारे।

कर्नरबाट प्राप्त बललाई ललितपुर सिटीका कप्तान अनन्त तामाङको हेडर काठमाडौं रेजर्सका कुलदीप कार्कीले हेडमार्पmत क्लियर गरे पनि माथिल्लो बारमा डिफ्लेक्ट बललाई पापाले गोल गरेका हुन्। पहिलो हाफको थप समयमा इजेकिलले अग्रता ३–० ले बढाउने अवसर गुमाए। त्यससँगै पहिलो हाफमा ललितपुर सिटी २–० ले अगाडि रह्यो। दोस्रो हाफको शुरुवातीमा इजेकिलले गोल गर्दै अग्रता बढाए। ५३औं मिनेटमा निखिल कदमको फ्रिकिकमा इजेकिलले हेडरमार्पmत सुन्दर गोल गरे।

एक मिनेटपछि नै काठमाडौं रेजर्सको काउन्टर अट्याकमा एनकेङग्यु जुनियरले पेनाल्टी क्षेत्रबाट गरेको सट सञ्जीत राईको खुट्टामा ठोकिएर बाहिरिन पुग्यो। ६२औं मिनेटमा सोखरुखको फ्रिकिक बारभन्दा केही माथिबाट बाहिरिपछि काठमाडौं रेजर्सको खेलमा फर्कने प्रयास सफल भएन। तीन गोलले पछि परेको काठमाडौं रेजर्स एक पछि अर्को सामना गर्नुप¥यो। ७४औं मिनेटमा कप्तान अन्जन राई दोस्रो पहेंलो कार्ड बेहोर्दै बाहिरिएपछि काठमाडौं रेजर्सका थप दबाबमा रह्यो।

ललितपुर सिटीका पापाको ८३औं मिनेमा पेनाल्टी बक्स बाहिरबाट गरेको सट काठमाडौं रेजर्सका गोलकिपर अन्जलले सहजै रोके। इन्जुरी समयको पहिलो मिनेटमा पापाले पेनाल्टी बक्सबाट गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहार दोस्रो बार हुँदै बाहिरिन पुग्यो। अन्तिम समयमा काठमाडौं रेजर्सका गणेश हमाल लतिलपुर सिटीका विशाल सुनारसँग वान भर्सेस वानमा गोल गर्न चुके। सोखरुखले ललितपुरका डिफेन्डरलाई बिट गर्दै उपलब्ध गराएको पासमा उनी करिब १० यार्डबाट गोल गर्न असफल रहे। त्यससँगै ललितपुर सिटीले डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि ३–० को सहज जित निकाल्यो।

प्रकाशित: १० पुस २०८० १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App