६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः चितवन एफसी र वीरगञ्ज युनाइटेडबिच खेल जारी,मध्यान्तरसम्म चितवन १ -० गोलले अगाडि

नेपाल सुपर लिग अन्तर्गत अहिले चितवन एफसी र वीरगञ्ज युनाइटेडबीच खेल भइरहेको छ।

त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा साँझ ५ः ३० बजे देखि भईरहेको यी दुई विचको खेलमा मध्यान्तरसम्म चितवन एफसीले १ -० गोलको अग्रता लिएको छ । चितवनका लागि बिमल घर्तीमगरले २८ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन।  

हालसम्म दुई खेल खेलेको चितवनले एकमा हार र एक बराबरीमा सकाएको छ। नवप्रवेशी टोली  वीरगञ्जले भने हालसम्म एक खेल मात्र खेलेको छ र उसलाई धनगढी एफसीले २–१ ले पराजित गरेको थियो।

अङ्क तालिकामा चितवन एक अङ्कका साथ छैटौं स्थानमा छ भने वीरगञ्ज शून्य अङक साथ आठौं स्थानमा रहेको छ।

प्रकाशित: १५ मंसिर २०८० १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App