७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

शिभालीलाई टेनिसमा स्वर्ण

शिभाली गुरुङले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गर्ल्स सिंगल्सतर्फ शुक्रबार स्वर्ण जितेकी छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरिन्। वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी पहिलो भयो। उनीहरूले महेश श्रेष्ठ र अनिल साईको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराए।

योसँगै प्रतियोगितामा समावेश विभिन्न २३ स्पर्धामध्ये २० स्वर्णको छिनोफानो भइसकेको छ। बाँकी ३ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ। त्यस दिन प्रतियोगिताकै २ मुख्य स्पर्धा पुरुष÷महिला सिंगल्ससहित भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुनेछ।

पुरुष सिंगल्समा प्रदीप खड्काले ऋतिक राणासँग खेल्नेछन्। महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र जितेन्द्र परियारबीच खेल हुनेछ।

प्रकाशित: २५ कार्तिक २०८० ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App