५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नागरिककर्मी पुनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

सहारा खेलकुद पत्रकारिता पुरस्कार यो वर्ष नागरिककर्मी उमेश पुनलाई प्रदान गरिएको छ। सहारा क्लबले आफ्नो रजतजयन्तीको  अवसरमा शनिबार पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई पुरस्कार प्रदान गरिएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगदसहित दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरेका थिए। पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ। पुन झण्डै एकदशकदेखि नागरिक दैनिकमा कार्यरत छन्। उनीसँगै क्लबले रजत जयन्तीको अवसरमा विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरेको थियो।

सम्मानित हुनेमा सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा. नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी, पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ(मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङकङ तथा सहारा क्लब अष्ट्रेलिया लगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लबले हालसम्म अक्षयकोषमा दुईकरोड ८५ लाख रुपैयाँ संकलन गरिएको छ। क्लबले सहारा बाल आधारभूत विद्यालयलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले अहिले सहारा एकेडेमीमा चौथो व्याचका ११ जना बालकहरुलाई भर्ना गरेको छ। क्लबले तेस्रो चरणका २८ जना बालकलाई गत चैतमा विदाई गरेको थियो।  

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपलाई लिगकम नकाउटमा सञ्चालन गर्न आवश्यक अध्ययन गर्ने जनाएको छ  १३ औं अधिवेशनमा मुख्य एजेण्डाको रुपमा छलफल गरिने क्लबका पूर्व अध्यक्ष बीरभद्र आचार्यले जानकारी दिए। उनका अनुसार एजेण्डलाई अधिवेशनले पास गरे आगामी वर्ष आर्थिक सहयोग जुटाई गोल्डकपलाई लिगमा सञ्चालन गर्न सम्भावना रहने छ।  

क्लबले आगामी वर्षको कार्यक्रममा एकेडेमी सञ्चालन, एकेडेमीको भौतिक पूर्वाधार मर्मत सम्भारलाई निरन्तरता दिने उल्लेख गरेको छ। व्यावसायिक फुटबल प्रशिक्षण तथा ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्ने उद्देश्य समेत क्लबले राखेको छ।  

प्रकाशित: ३० भाद्र २०८० ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App